.
समाचार,
सङ्घीय विरोधीहरूले संविधानसभा भङ्ग गराएको ताम्सालिङ दलको आरोप I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 29 May 2012
ताम्सालिङ नेपाल राष्ट्रिय दलले प्रमुख तीन दलका नेताहरूको यथास्थितिवादी, सोच, अवरोध र असक्षमताका कारण गणतान्त्रिक नेपालको संविधान जारी हुन नसकेको जनाएको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन गरी दलले २०६२/२०६३ को जनआन्दोलनको मर्म र भावना तथा नेपाली जनताको अपेक्षा विपरीत दलहरूले संविधानसभा विघटन गराएको आरोप पनि लगाएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष परशुराम तामाङले मुख्य दलहरूले सहमतिको नाममा मुलुकलाई नै बन्दी बनाएको आरोप लगाउँदै फेरि पनि सत्ताको खेलमा लागेर जनतालाई भ्रम छर्न दाउमा लागेको बताउनुभयो । सङ्घीयतामा जान नचाहने शक्तिको विरोधमा सबै जनता एकजुट भएर आन्दोलनमा उत्रनुको विकल्प नभएको पनि उहाँले बताउनुभयो ।
संविधानसभा विघटन भएको दिन नेपालको इतिहासमा कालो दिनको रूपमा रहेको ताम्सालिङले दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




