.

,

इरान, इजरायल लगायतका देशमा भएको साइबर हमलाको पर्दाफास [video]I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


मस्को, जेठ १६ (एजेन्सी) । एक रुसी सुरक्षा कम्पनीले एउटा यस्तो जटील साइबर हमला पत्ता लगाएको छ जसबाट इरान तथा इजरायल जस्ता देशका निजी सूचनाहरु चोरी भैरहेका थिए ।

रुसी सुरक्षा कम्पनी को क्यास्पेरस्की ल्याब्सले फ्लेम नामको कम्प्युटर प्रोग्राम मार्फत सन् २०१० देखि यस्तो साइबर हमला जारी रहेको खुलासा गरेको छ । कम्पनीले फ्लेम अहिलेसम्मकै सबैभन्दा जटील साइबर हमला भएको समेत बताएको छ । इसभन्दा पहिले स्टक्सनेट नामको एक भाइरसमार्फत इरानको परमाणु कार्यक्रमलाई निसाना बनाइएको थियो ।

क्यास्पेरस्की का भाइरस विशेषज्ञ विताली कामलुकका अनुसार फ्लेममार्फत संवेदनशील सूचना एकत्रित गर्ने काम भैरहेको छ । साथै यसले नेटवर्कमा हुने कामको जासुसी गर्ने, स्त्रिmनको चित्र लिने, अडियो कुराकानी रेकर्ड गर्ने तथा किबोर्डमा निगरानी गर्ने लगायतका काम गर्ने गरेको छ । यस्तो साइबर हमला ६ सय भन्दा बढि स्थानहरुमा भैसकेको र त्यसमा आम सर्वसाधारण देखि लिएर व्यवसायिक स्थल, शिक्षण संस्थान तथा सरकारी कार्यालय समेत परेका छन् ।

फ्लेमको आकारप्रकार तथा क्षमता हेर्दा यो कुनै साइबर अपराधीले नभै कुनै देशको सरकारी संयन्त्रले जासुसीका लागि तयार पारेको हुनसक्ने रुसी विज्ञहरुको दाबी छ । यस्तो साइबर आक्रमण इरान, इजरायल सँगै सूडान, सिरिया, लेवनान, साउदी अरेयिबा तथा इजिप्ट लगायतका देशमा लक्षित छ । तर यस्तो साइबर अपराध कुन साइबर अपराधी वा जासुसी निकायले गरेको हो त्यो भने पत्ता लाग्न सकेको छैन ।




VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर