.
समाचार,
हिन्दु राष्ट्र घोषणा हुनुपर्ने माग गर्दै लालबन्दीमा साधुहरुद्वारा चक्काजाम I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 25 May 2012
पर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दीमा साधुहरुले चक्काजाम गरेका छन् । नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै उनीहरुले चक्काजाम गरेका हुन् । केहिदिन देखि आन्दोलन गरिरहेका उनीहरुले आज बिहान प्रशासनले गरेको सहमति पालना नगरेको भन्दै दिउँसो १ बजेबाट चक्काजाम गरेका छन् ।
बिहान चक्काजाम गराउन राजमार्गमा उत्रेको समयमा प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख आएर मागका बारेमा कुरा बुझ्ने भनिएपनि त्यसो नभएकोले चक्काजाम गरिएको ओम सेवक विनोद साहले जानकारी दिनुभयो । साधुहरु त्रिपाल ओच्छ्याएर चर्को घाममा पनि राजमार्गमै सुतेका छन् ।
त्यस्तै तिन अघिदेखि अनशन सुरु गरेका ४ जना अनशनकारीहरुले पनि अनशन जारी राखेका छन् । विश्वमै एक मात्र हिन्दु राष्ट्रको पहिचान गुम्नेगरी नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको उनीहरुले आरोप लगाएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




