.
रोचक र भिन्न,
असली मालिकको विवादमा अब कुकुरको डि एन ए परिक्षण I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 23 May 2012
संसारमा धेरै कुकुरप्रेमीहरु बढ्दै गएका छन । आफ्नै परिवारको सदस्य जस्तै गरि पालन पोषण गरेर हुर्केको घरेलु जनावरको माया कसलाई नहोला ? भारतको बिहारस्थित रायपुरमा कुकुरको मालिक सम्बन्धी विवाद बढ्दै गएपछि कुकुर र कुकुरको आमाको डि एन ए टेस्ट गरिने भएको छ । करिब आठ महिना अगाडी वेदप्रकाश शर्माको कुकुर हराएको थियो, उनले हराएको कुकुर खोजी गर्दै जाँदा आफ्नो कुकुरलाई विहारकै सुरेन्द्र पालले लुकाएर राखेको पत्ता लगाए । तर सुरेन्द्रले भने सो कुकुर आफ्नै भएको भन्दै फिर्ता गर्न तयार नभएपछि कुकुरको बिषयलाई लिएर उनीहरु बीच झगडा भयो र अन्त्यमा उक्त कुकुरलाई पुलिसको जिम्मा लगाइयो । अब डिएनए टेस्ट गरेपश्चात मात्र असली मालिक को हो पत्ता लगाइने खबर प्रहरीले दिएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





