.

,

पोखरामा प्रहरी र प्रदर्शनकारीवीच झडप I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
पोखरा, जेठ ८ - आदिवासी जनजाति महासंघ लगायतले गरेको नेपाल वन्दका क्रममा पोखराका विभिन्न ठाउँमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको छ । झडपमा परि दुईजना पत्रकारसहित १० जना प्रदर्शनकारी पनि घाईते भएका छन् । पृथ्वीचोक र जिरो किमिमा रहेको अखण्ड पश्चिमाञ्चल लेखिएको बोर्ड हटाउने भन्दै प्रहरीमाथि जाईलागेपछि झडपको अवस्था आएको हो ।
आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले लाठीचार्ज सँगै अश्रुग्याँस प्रहार गरेको थियो । झडपका क्रममा समचार संकलनका लागि पुगेका पोखराको गण्डकी टेलिभिजनका हेमराज अधिकारी, बिनु थापा घाइते हुनु भएको हो । अधिकारीलाई प्रहरीले हानेको अश्रुग्याँस लागेको हो भने थापालाई बन्दकर्ताले हानेको ढुङ्गा टाउकोमा लागेको छ । टाउकोमो चोट लागेका विनुको चरक अस्पतालमा उपचार भैरहेको छ ।

त्यसैगरी ओमबहादुर गुरुङ्ग, बन तमु, सुरेश गुरुङ्ग, भीमबहादुर गुरुङ्ग घाईते भएका छन् । आन्दोलनकारी र प्रहरीबीचको ढुंगा हानाहानका कारण पोखराको पृथ्वीचोक क्षेत्र दिनभर नै तनावग्रस्त वनेको थियो । यस्तै जिरोकिलोमिटरमा भएको झडपमा प्रदर्शनकारीको ढुंगा लागेर एक वालिका घाईते भएकी छन् । बेलुकी पाँचवजेपछि भिषण वर्षा सुरु भएपछि मात्र प्रदर्शनकारी तितरवितर वनेका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर