.
विश्व समाचार,
सिरियामा फेरी हिंसा चर्कियो , ३० जना हताहत I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 27 May 2012
जेठ १५ – सिरियामा ९० भन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणको घटना नसेलाउँदै फेरी अर्को आक्रमण भएको छ । सिरीयाको होम्स् शहरमा भएको पछिल्लो आक्रमणमा ३० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
विपक्षी सेनाको नियन्त्रणमा रहेको ठाउँमा सरकारी सेनाले आक्रमण गरेको बिबिसीले जनाएको छ । सिरीयामा अझै हिंसात्मक घटना भइरहेको भन्दै अन्तराष्ट्रिय समुदायले त्यसको चर्का निन्दा गरेका छन् । अमेरीका, बेलायत, फ्रान्स, अरब लिगलगायतले राष्ट्रपति बसर अल असादले हत्याको शासन बन्द गरी न्यायको ढोका खोल्नु पर्नेमा जोड दिएका छन् ।
सिरिया सरकारले भने हिंसात्मक घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।
यस्तै चीनमा कम्यूनिष्ट पार्टीका एक नेता बलात्कारको आरोपमा पक्राउ परेका छन् । किशोरीहरुमाथी कुटपिट गर्नूका साथै बलात्कार गरेको आरोपमा हेनान प्रान्तका कम्यूनिष्ट पार्टीका नेता ली शिनगोंगलाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।
लीको बारेमा अनुसन्धान भइरहेको र उनी दोषी पाइए कानुन बमोजिम कार्बाही हुने चीनिया सञ्चार माध्यामले जनाएका छन् । लीलाई कडा कार्बाहिको माग गर्दै चीनमा प्रर्दशन समेत भएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





