.

,

मासिक पाँच लाख युनिट विद्युत् चुहावट I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
दाङ (तुलसीपुर), जेठ ९,

यहाँ दैनिक १० घन्टा लोडसेडिङ हुने गर्छ तर घोराहीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण क्षेत्रमा मात्र मासिक पाँच लाख युनिट विद्युत् चुहावट हुने गरेको छ ।

प्राधिकरण दाङका प्रमुख गोपालबहादुर शाहले प्राविधिक र चोरीका कारण भएको चुहावटले विद्युत् प्राधिकरणलाई मासिक करिब २७ लाख २९ हजार घाटा हुने गरेको जानकारी दिनुभयो । आठ प्रतिशत प्राविधिक र तीन प्रतिशत चोरीका कारण विद्युत् चुहावट भएको जनाइएको छ । अहिले जिल्लाका डरुवा, गढवा, बेला, सिसहनिया, बेला र धर्ना गाविसमा चोरीका कारण चुहावट हुने गरेको बताइएको छ ।

चुहावट नियन्त्रण गर्नका लागि प्राधिकरणले आठ सदस्यीय नियन्त्रण समिति गठन गरी परिचालन गरेर डुरुवाका चारजना विद्युत् चोर्नेलाई कारबाही गरी तार बरामद गरिएको पनि प्रमुख शाहले जानकारी दिनुभयो । घोराही नगरपालिका सहित जिल्लाका २४ गाविसमा मात्र वितरित विद्युत् सेवा हेरिरहेको सो वितरण शाखाले अहिले मासिक शुल्क पनि कडाइका साथ उठाइरहेको छ ।

सोमबार रियल रिपोर्टर्स गु्रप दाङले विद्युत् चुहावट नियन्त्रणसम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पत्र गरेको छ । अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले विकल्प र दबाबको सिर्जना गरेर भए पनि लोडसेडिङ कम गराउन कार्यालयलाई आग्रह गरेका थिए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर