.
समाचार,
बन्दको तेश्रो दिन पनि ठप्प, जनजीवन कष्टकर I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 21 May 2012
सुदूर पश्चिम तथा तराईका विभिन्न जिल्लाहरुमा विगत लामोसमयदेखि विभिन्न समूहले गरेको चरणबद्ध आन्दोलनका कारण त्यहाँ जनजीवन थप कष्टकर भएको छ ।
यसैबीच आन्दोलनकारीहरुले काठमाण्डौंको ग्वार्कोमा प्रदशन गरिरहेका छन् भने इमाडोलमा जातिय सद्भाव कायम राख्नुपर्ने भन्दै स्थानियबासीले खबरदारी गरिरहेका छन् ।
यता सरकार र आन्दोलनकारीबीच सोमबार भएको वार्ता विना निष्कर्ष सकिएपछि आज फेरि अर्को चरणको बार्ता हुने भएको छ । शान्ति मन्त्रालयमा केहिबेरमा हुने बार्तामा आन्दोलनकारीहरुले राखेको मागका बारेमा छलफल हुने तयारी रहेको बताईएको छ ।
यता आन्दोलनरत आदिवासी संयुक्त संर्घष समितिले पनि बार्तामा प्रस्तुत गर्ने एजेण्डाका बारेमा आन्तरीक छलफल गरिरहेको आदिवासी जनजाति संयुक्त संर्घष समितिले जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




