.
Feature समाचार,
निर्वाचन घोषणा गर्नु असंबैधानिक : काँग्रेस I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 28 May 2012
१५ जेठ,काठमाण्डौ । नेपाली काँग्रेसले सभासद नै रहेको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने भन्दै तत्काल प्रधानमन्त्री पदवाट राजीनामा दिन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई आग्रह गरेको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा सोमवार विहान बसेको काँग्रेस पदाधिकारी र राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको वैठकले सभासद नै नरहेको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने निष्कर्ष निकालेको हो ।
वैठकले आउँदो मङ्सिर ७ गते लागि संविधानसभाको निर्वाचनको मिति तोक्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको आरोप लगाएको छ । काँग्रेसले प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचनको प्रक्रिया असंवैधानिक भएको भन्दै प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने वताएको छ ।
वैठकले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको र तत्काल राष्ट्रिय सहमतिको सरकार गठनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय सहमतिको सरकारले मात्र निर्वाचन गराउन सक्ने भएकाले तत्काल प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको बताउनुभयो ।
यसैवीच संविधानसभा विघटनपछिको अवस्थाका वारेमा काँग्रेसले अहिले सर्वदलिय छलफल गरीरहेको छ । छलफल पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । छलफलमा नेकपा एमाले, बृहत मधेशी मोर्चामा आबद्ध दलका नेताहरु, राप्रपा, लगायतकादलका नेताहरु सहभागी छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





