.

,

अबको चुनावमा दुई तिहाई : प्रचण्ड I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१५ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी संविधानसभा निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने दावी गर्नु भएको छ ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले पहिचानसहितको संघीयता लगायतका परिर्वतनकारी एजेण्डा लिएर आफूहरु चुनावमा जाने बताउनु भयो । ‘खै म विग्रेको हो कि के हो, यो परिर्वतनको पक्षमा दुई तिहाई आउँछ भन्ने पो विश्वास छ’ उहाँले भन्नुभयो-’अहिले एकछिन त जनतालाई अलिअलि रिस उठेको होला, ६ सय १ जनाले केही पनि गरेन भन्ने पनि होला । तर सबैकुरा बुझाउँदै गएपछि जनता जुरुकै उठ्ने दिन आउँछ भन्ने मलाई विश्वास छ ।’

उहाँले दलहरुबीच सहमति पनि नहुने र संकटकाल लगाएर म्याद थप्न पनि कांग्रेस एमाले नमानेपछि बाध्यकारी विकल्पका रुपमा नयाँ निर्वाचन घोषणा गरिएको बताउनु भयो । ‘प्रधानमन्त्रीले कतिसम्म भन्नु भो भने कलंक लाग्छ भने इतिहासको कलंक मेरै टाउकामा लागोस, संकटकाल लगाएर ६ महिना म्याद थपौं भन्नु भयो तर, कांग्रेस र एमालेका नेताहहरुले मान्नु भएन’ उहाँले भन्नुभयो-’हामी संविघानसभालाई हर उपायमा बचाउने पक्षमा थियौं ।’ संकटकाल लगाएर संबिधानसभाको म्याद थप्ने र केही दिनमा हटाउने योजना भएपनि कांग्रेसका शेरबहादुर देउवाबाहेक अरुले नमान्दा संबिधानसभा बचाउन नसकिएको उहाँको भनाई थियो ।

नयाँ निर्वाचन गर्ने सरकारको घोषणा संवैधानिक तथा लोकतान्त्रिक भएको भन्दै उहाँले यसले आशा र उज्यालोको बत्ति बालेको टिप्पणी गर्नुभयो । संविधान नै नबनी संविधानसभा विघटन भएकोमा आफूलाई दुःख लागेको भएपनि पहिचानसहितको संघीयता हुनु पर्ने जनताको मागमा सम्झौता नगरेकोमा गर्व लागेको बताउनु भयो । ‘पहिचानको आधारमा संघीयता र जनताको अधिकारमा गलत ढंगले सम्झौता गर्न सक्दैनथे, त्यो गरेको भए घात गरेको ठहर्थो’ उहाँले भन्नुभयो-’यो कुरा राख्दा मलाई गर्वको महसुस हुन्छ कि मैले जनताको परिर्वतनको मागमा गलत ढंगले सम्झौता गर्न गरिन ।’ संविधान नबन्नुमा आफूहरुको पनि केही कमजोरी भएको भन्दै भन्नुभयो-’हामीबाट कमजोरी भएका छन् । हामी जनतासँग बिनम्रतापूर्वक माफी माग्दछौं ।’

म असफल भएको छैन :
संविधान नबनेपछि नेतृत्व असफल भएन भन्ने प्रश्नमा माओवादी अध्यक्ष प्रचण्डले आफू असफल नभएको दावी गर्नुभयो ।
आन्दोलन नयाँ चरणमा प्रवेश मात्र गरेको भन्दै उहाँले भन्नुभयो-’मैले यसलाई असफलताको रुपमा लिएको छैन । नेतृत्व सफल कि असफल भन्ने कुरा उसले जनताको माग, एजेण्डा छोड्यो कि छोडेन भनेर निर्धारण हुन्छ । मैले जनताका एजेण्डा छोडिन, त्यसैले मलाई कसैले के भन्छ भन्ने भन्दा पनि नेपाली जनतासँग अझ बढी जोडिएको महशुस गरेको छु, त्यसमा कुनै पिडा छैन ।’

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर