.
Feature प्रवास भिडियो समाचार समाचार,
इजरायलमा गणतन्त्र दिवस मनाइयो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 28 May 2012
गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाली दुतावास इजरायलले एक कार्यक्रम सम्पन्न गरेको छ । इजरायलका लागि नेपालका नवनियुक्त राजदुत महामहिम श्री प्रल्हाद कुमार प्रसाईज्युको निवास हर्चेलियामा आयोजित सो कार्यक्रममा इजरायलस्थित नेपाली तथा विदेशी नागरिकहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
नेपाली राष्ट्रिय गान संगै आरम्भ गरिएको सो समारोहमा गणतन्त्र प्राप्तिका लागि बलिदान पुर्याएका ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धान्जलीस्वरूप मौन धारण गरिएको थियो । समारोहलाई सम्बोधन गर्ने क्रममा राजदुत प्रसाइले उपस्थित स्वदेशी तथा विदेशीको स्वागत गर्दै विगत चार बर्षको प्रयास बाट पनि संविधान सभाको घोषणा गर्न नसकेकोमा जनतामा निराशा छाएपनि गणतन्त्र प्राप्र्ति पश्चात राष्ट्रको पुनर्संरचना गर्ने कार्य सहज नभएको तथ्य मनन गर्दै हामीले आशा जगाउनु पर्ने धारणा राख्नु भएको थियो ।
अन्त्यमा कार्यक्रममा उपस्थितहरुलाई रात्रिभोजमा सरिक गराइएको थियो । कार्यक्रम नेपाली दुतावास इजरायलका उपनियोग प्रमुख श्री रमेश प्रसाद खनालले संचालन गर्नु भएको थियो ।
तस्विर - अर्जुन जयसवाल
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





