.

,

फेसबुकमा फोटो शेयर गर्दा घरमा लुटपाट मच्चियो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको ठूलो परिमाणको पैसाको तस्विरका कारण घरमा डकैती भएको छ । सुन्दा अचम्म लाग्ने यो घटना भएको हो अष्ट्रेलियामा ।

एक १७ वर्षीय किशोरीले फेसबुकमा आफूले पैसा गनिरहेको फोटो खिचेर पोष्ट गरेकी थिइन् । उनले सिड्नीमा रहेको आफ्नो हजुरआमाको घरमा पैसा गनिरहेकी थिइन् र त्यही बेला उनले उक्त रकमको फोटो खिचेर फेसबुकमा पोष्ट गरिन् । उनले उक्त फोटो पोष्ट गरेको केही घण्टामा नै उनको दक्षिण पूर्वी अष्ट्रेलिया स्थित बुडानुन शहरमा रहेको घरमा दुई युवाले डकैती गरेका थिए । किशोरीले आफ्नो घर बुडानुनबाट करिव १२० किलोमिटरको दूरीमा रहेको उनकी हजुरआमाको घरमा गनेको पैसाको फोटो राखेको अवस्थामा लुटेराहरुले भने उनको घर बुडानूनमा डकैती गरेका थिए ।

प्रहरीले दिएको जानकारी अनुसार हातमा चक्कु र डण्डा लिएर आएका दूई नकावधारीले उक्त लुट मच्चाएका थिए । उनीहरुले किशोरीको घरबाट केही रकम र केही महत्वपूर्ण सामान लुटेर लगेका थिए । प्रहरी यो आश्चर्यमा परेको छ की उक्त किशोरीको घरको ठेगाना ती लुटेराहरुलाई कसरी थाहा भयो । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर