.

,

फेसबुकमा फोटो बिगारेर अरुको खिल्ली उडाउने गर्नु भएको छ ? जेल जानुपर्ला होसियार I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

खबरसाइट डट कम

आजकल तस्वीरलाई फोटोशपको प्रयोग गरी बिगारेर अरुलाई अपमानित र बद्नाम गरिने क्रम बढ्न थालेको छ । सामाजिक संजालको दुरुपयोग र यसको प्रयोगमा विकृति बढेकै कारण ठाउँ ठाउमा यस्ता संजाल बिरुद्ध मुद्दा लगायत प्रतिबन्ध समेत लगाइएका खबर आएका छन । सामाजिक संजाल फेसबुकमा नेता लगायत आफुलाई मन नपरेका बिभिन्न व्यक्तिहरुलाइ अपमानित गर्ने र शेयर गर्ने चलन बढेको छ । संबिधान सभा बन्न नसकेपछि जेष्ठ १४ देखि यता त यस्तो क्रियाकलाप चरम सिमामा पुगेको छ ।

निकै असभ्य भाषामा गालि गलौज गर्ने र तस्विरलाइ तोडमोड गरि राख्ने क्रममा तीव्रता आएपछि त्यस्ता प्रयोगकर्ताको पहिचान गर्ने र गोप्य तरिकाले कार्यवाही गर्ने तयारी सरकारले गरिरहेको छ । सरकारले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही गरी यस्ता विकृतिहरु नियन्त्रण गर्ने निश्कर्षमा पुगेको हो । विद्युतीय कारोबार ऐन २०६३ अनुसार त्यस्ता सामग्रीहरु प्रशारण, प्रदर्शन, बिक्री वितरण र प्रवाह गर्नेलाई ऐनको दफा ४७ बमोजिम एक लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजाय हुनेछ । यसैगरी विदेशमा बस्ने नेपालीले त्यस्तो काम गरेमा उनीहरुको भिषा रद्ध गरी नेपाल फर्काउने र काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर कारबाही गर्नेसम्मको योजना गृह मन्त्रालयले बनाएको छ।

यसर्थ स्वदेश या विदेश जहाँ भएपनि क्षणिक मनोरंजनका लागि यस्ता क्रियाकलाप गर्दै आउनु भएको छ, भने आजै देखि सावधान रहनुस । नत्र जेल जानु पर्ला ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर