.
Feature अपराध समाचार,
हत्या अभियोगमा पूर्वमन्त्री आलमलाई पक्राउ गर्न आदेश I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 29 May 2012
घाईतेलाई उपचार गर्नुको साटो इटाभट्टामा राखी जिउँदै जलाएको अभियोगमा सर्वोच्चले आलमलाई पक्राउ गर्न आदेश दिएको खबर आजको सौर्य दैनिकले छापेको छ । न्यायधीस सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले आलमसहित पाँचजनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा आदेश जारी गरेको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।
आलमले चुनावलाई लक्ष्य गरी बनाएको बम २७ चैत ०६४ मा विष्फोट भई २ नेपाली र २१ जना भारतीय नागरिक घाइते भएका थिए । भाडामा प्रयोग गरिएका कामदार बिस्फोटबाट घाइते भएपछि उनीहरुलाई भट्टामा जिउँदै जलाएर मारिएको आरोप आलम सहित पाँच जनालाई लागेको छ । सर्वोच्च अदालतले उनीसँगै मोहताप आलम, माविन आलम, शेष राज र शेष भदैलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
रौतहटको राजपुर ४ खरहवामा भएको बम विस्फोटबाट स्थानिय नेपाली त्रिलोकप्रताप सिंह र कौसी अफ्तर मिया सहित २१ जना भारतीय नागरिकले घाइते भएका थिए । आफूले बम बनाउन लगाएको भेद खुल्ने त्रासमा आलमले उनीहरुको हत्या गरेको उल्लेख गर्दै मृतक मियाकी आमा सोक्सना खातीले जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएपनि प्रहरीले पर्याप्त प्रमाण जुटाउन नसकेको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थिएन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





