.
अपराध विश्व समाचार,
गर्भपतन गरेपछि प्रमाण मेट्न डाक्टरले भ्रूण कुकुरलाई खुवाउने गरेको खुलासा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 23 May 2012
भारतमा कन्या भ्रूण हत्याको आरोपमा पक्राउ परेको एक जना डाक्टरका बारेमा डरलाग्दो सत्य बाहिर आएको छ । महाराष्ट्र राज्यको बीड जिल्लाका डाक्टर सुदम मुन्डेले गर्भपात गराएपछि प्रमाण मेटाउन भ्रूण कुकुरलाई खुवाउने गरेको खुलासा भएको छ । यसका लागि ती डाक्टरले घरमा चारवटा कुकुर पालेको र आफ्नो काममा श्रीमतीको समेत सहयोग लिने गरेका थिए।
स्वास्थ्य विभागले गरेको छानबीनका क्रममा यस्तो सार्वजनिक भएको हो । गर्भको शिशुको लिङ्ग परीक्षणको काम गर्दै आएका दम्पतीले चार वटा कुकुर पालेका थिए ।
उनीहरुले मृत कन्या भ्रूण कुकुरलाई खुवाउने गरेका थिए, ताकि प्रहरीले जाँच गर्दा कुनै प्रमाण नभेटियोस् । स्वास्थ्य विभागले ति डाक्टर माथिको छानबीनको जिम्मा प्रहरीको अपराध शाखालाई दिएको छ । लामो समयदेखि लिङ्ग परीक्षण र गर्भपतनको काम गर्दै आएका डाक्टर मुन्डेको क्लिनिकमा ६ महिनाको गर्भपतन गराएपछि एक महिलाको ज्यान गएपछि उनको अपराधको खुलासा भएको थियो ।
अचम्म लाग्दो कुरा त के छ भने दुई वर्ष पहिले कन्या भ्रूण हत्याको मामिलामा दोषी पाईएपछि उनको क्लिनिकको लाईसेन्स रद्द भएको थियो र सोनोग्राफी मेशिन पनि सिल गरिएको थियो । तर लगत्तै उनले फेरी लिङ्ग परीक्षण र गर्भपतन सेवा शुरु गरेका थिए । प्रहरीले लाईसेन्स रद्ध गरिएको क्लिनिकले कसरी काम चालु राख्यो भन्ने कुराको अनुसन्धान गरिरहेको छ । महाराष्ट्रको बीड जिल्लामा लिङ्ग अनुपात सबैभन्दा कम छ । त्यहाँ एक हजार केटामा कुल केटीको संख्या ८ सय १ छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





