.

,

शिकार गर्दै गरेका पूर्व जर्नेल रंगेहात पक्राउ

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
३१ जेठ: चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वन समूह पिठौलीमा सिकार गरिरहेको अवस्थामा अवकाशप्राप्त उपरथी (जर्नेल ) सागरशम्शेर जबरालाई स्थानीयवासीले पक्राउ गरेका छन्। बिहान ५ बजे नवलपरासीको पिठौली नाका हुँदै रातो गाडीमा निकुञ्ज प्रवेश गरेका ललितपुर कोपुन्डोल निवासी राणालाई बिहान ६ बजे स्थानीयवासीले पक्राउ गरेका हुन्।

निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाले स्थानीयवासीको सूचनाका आधारमा सबै नाका बन्द गरेर उनलाई घटनास्थलमै पक्राउ गरेको नेपाल पन्छी संरक्षण सङ्घका केन्द्रीय सदस्य धनबहादुर चौधरीले जानकारी दिनुभयो। राणा सहित अन्य दुईजना पनि पक्राउ परेका छन्।
दुई महिनाअगाडि पनि पिठौली नाकाबाट छिरेर अन्य नाकाबाटै निस्केका राणालाई स्थानीयवासीले निगरानीमा राखेका थिए। बा२च ४३५४ नम्बरको रातो गाडीमा तीनवटा जङ्गली पन्छी र जनावर मारेर राखिसकेको अवस्थामा राणा पक्राउ परेका हुन्। अत्याधुनिक स्नाइपर हतियार सहित सिकारी पक्राउ परेका हुन्। अटमलटारी पोस्टका मेजर भरत कार्कीले उनीहरूलाई पक्राउ गरेका हुन्। पक्राउ परेकाको मोबाइल र गाडी सेनाले नियन्त्रणमा लिएको छ। गाडीमा सिकार गरेर राखिएको अन्दाजी २५ केजीको भाले रतुवा लगायत पशुपन्छी भएको बताइएको छ।

गैँडा संरक्षणमा लागेका स्थानीयवासीले निकुञ्ज प्रवेश गर्नेप्रति सूक्ष्म निगरानी राख्ने गरेका छन्। राणासँगै आएका डन्डा बेस क्याप्पका क्याप्टेन बलदेव कुँवर पनि पक्राउ परेका छन्। लामीचौर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शारदाप्रसाद अधिकारी, आइल्यान्ड जङ्गल रिसोर्टका म्यानेजर दीपक तिवारी, वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका सदस्य दीपक शर्मा सहितको टोलीले उनीहरूलाई मोटरसाइकलमा पिछा गरी पक्राउ गर्न सहयोग गरेको हो।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर