.

,

हलखोरिया जंगलबाट भागेका तपस्वी बम्जन घोडा,खसी र कुकुरका साथमा सिन्धुलीमा (भाषण भिडियो हेर्नुहोस्) ।

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
पोष्टराज पहाडी, सिन्धुली, असार २,



बाराको हलखोरिया जंगलबाट विहिबार राति साँढे १० बजे हिडेका जंगलमा तपस्यारत भनिएका राम बहादुर बम्जन सिन्धुली आइपुगेका छन् । विहिबार राति १ बजे आफ्ना करिब ५० जना सहयोगीका साथ गाडीमा उनि सिन्धुली आइपुगेको जानकारी शुक्रबार पत्रकार सम्मेलनमार्फत गराइएको छ ।

बोधि श्रवण धर्म गुरु संघको तथा कर्मा सामतेनलिङ गुम्बा व्यवस्थापन समितिको सहकार्यमा अहिले उनी सिन्धुलीको कमलामाई नगरपालीका ७ रहेको कर्मा सामतनलिङ गुम्वामा रहेका छन् । पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार उनले बारा छोडेर अन्य जिल्ला भ्रमणको लागि निस्कने मनासय बनाएर सिन्धुली आउने इच्छा गरेपछि तत्कालै सिन्धुली आएका हुन् । उनलाई चितवन तथा मकवानपूरको बोधी धर्म श्रवण गुरु संघले अनुरोध गरेता पनि सिन्धुली आउने इच्छा गरेको सो पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

टाटा सुमोमा सिन्धुली आएका बम्जनका साथमा एउटा सेतो घोडा, एउटा खसी र एउटा कुकुर समेत रहेको छ । उनका सहयोगीका अनुसार उक्त सेतो घोडा भने शुक्रबार ट्रकमा राखेर ल्याइएको छ । साथै उनि सिन्धुलीमा करिब एक साता रहने पनि सो पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको थियो । तर कतिन्जेल सिन्धुली रहने भन्ने उनिको विचारमा भरपर्ने जनाइएको छ ।

उनि सँगै पोल्याण्ड र हल्याण्डको एक÷एक जना तथा अष्ट्रेलियको २ जना विदेशी नागरिक पनि साथमा आएका छन् । बम्जनलाई हेर्न पाइने भन्दै वरिपरि स्थानियको घँुइचो लागेको छ ।

स्रोत : सिन्धुली दर्पण



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर