.

,

सबै चाखियो, अब चर्को भो, आध्यात्मिक नेतृत्वलाई पालो दिउँ

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
विगत २००७ सालदेखि विभिन्न समयमा मुलुकमा प्रजातन्त्र आयो । जनताले कहिले राणा शासनको कहाली लाग्दो शासनकाल त कहिले राजाका भाइभारद्वाजबाट प्रतण्डित हुनु पर्यो। जब जब जनताहरु शासकको हातबाट पिडित हुन थाले तब तब देशमा आन्दोलनको आँधिबेरी आउने गरेको तथ्यांक हाम्रो इतिहासले देखाउँदै आएको छ । श्री ५ भन्ने शब्द सबै नेपाली जनमानसको लागि प्यारो हुँदा हुँदै पनि २०५८ जेष्ठ १९ गते भएको विभत्स हत्याकाण्ड पछि श्री ५ को शब्दलाई कसैले पनि स्वीकार गर्न सकेन । जुन वंशको पुर्खाहरुले नेपाललाई एउटा अखण्ड राज्य बनाउनको लागि आफूलाई अग्रसर बनाएर २२से २४से राज्यलाई एकिकरण गरी सिंगो देश नेपाल बनाए, उनैको वंश विनास हुँदा पनि त्यसको ठोस रहस्य पत्ता लगाउन नसक्नु नेपालको कानुन र सुरक्षाप्रति अविश्वासको धब्बा लागेको छ ।

जनताले नेपालको शासन अन्य भाइ भारद्वारलाई सुम्पनु उचित सम्झेनन् र उनको याद लिएर आफैले शासन चलाउने भनि २०६२/०६३ मा शसक्त आन्दोलन गरी ज्ञानेन्द्र शाहलाई पाखा लगाए । त्यसपछिका दिनहरु र समयहरुमा पनि यस देशका जनताको लागि कम्ति पिडा दायक रहेनन् । शासन परिवर्तन भएर गयो । शेरमुनियल राजा राख्ने कि नराख्ने भन्ने छलफल मै केही समय बिताएको गणतान्त्रिक सरकारले अन्ततोगत्वा राजालाई पदच्युत गर्न सफलता पाएको इतिहासको पछाडिका दिनहरुमा जनताको उच्च मूल्यांकन र देशलाई विकासको गतिमा अग्रसर गराउनुको सट्टा सबै राजनीतिक दल र तिनका नेताहरु कुर्सि मोह, धन मोह, स्त्री मोह, विदेश मोह र होटल प्यालेस मोह भन्दा बाहिर निस्कन सकेनन् ।


कर्मठ युवाहरुलाई पाखा लगाउँदै विदेशी माटोमा विदेशीको गुलामी गर्न पठाउने शिलशिला झन झन चर्किन थाल्यो । असल सोंच र असल बिचार हुनेहरुलाई अनेकन लान्छाना लगाएर पन्छाउने काम हुँदै गयो । नेतृत्वको कुरा आउना साथ वृद्ध नेताहरु कपालमा कालो मेहन्दी लगाइ युवा नेताको स्थान ओगट्न पनि पछि परेनन् । आफूलाई युवाको दर्जामा स्थापित गर्न डान्सबारका युवतिसंग नचाउन पनि पछि परेनन् । जब कुनै अप्ठारो प्रश्नको प्रतिउत्तर गर्नुपर्ने हुन्छ त्यो समयमा ब्लायक लेभल र रोयल स्टिजको चुस्कि मारेर जता मन लाग्यो उतै बोल्न पनि चुकेनन् । मन्त्रीको कुर्सिमा बस्ने वित्तिकै करोडौंको घोटला र हत्यामा सामेल भइ आफूलाई मिडियामा हिरो बनाउनको लागि निकै प्रयत्नशिल रहे । चोटिला र पेचिला कुराहरुमा सोझा साझा निमुखालाई थम्थम्याइ गद्दिमा राजारोहण हुन पछि हटेनन् । आन्दोलनको नाममा देशको चौंथो शक्ति भनि चिनिने पत्रकार र मिडियामा धावा बोलाउन पनि केही संकोच मानेनन् । जातीय भेदभाव हटाउने नाममा एकल जातीको जमात जोडि देशमा मिलि बसेका भाइहरुबीच फूट गराउन कुनै सन्देह नै मानेनन् । आज कुनै पनि क्षेत्रबाट सहि मूल्यांकन गर्ने हो भने कुनै पनि दल वा नेताले देश र जनताको भलो हुने कार्य गरेको तथ्य पाइदैन । ५ लाखको लगानीमा बन्ने संरचनालाई १ करोडको बजेट तर्जुमा गरी ९५ लाखसम्म आफ्ना छोरी नातिको नाममा राख्न केहि जस्तो मानेनन् ।

आज देशले प्रशव वेदनाको सामना गरिरहेको अवस्था छ । यस समयमा असल डाक्टरको खोजी गरी देशको शासनोपचार नगराएमा भोलिको नेपालको अनुहार हेर्ने सपना सपनामै सिमित हुने कुरालाई मध्यनजर गरी अब एउटा यस्तो धार्मिक चिन्तन र पाप गर्नबाट डराउने व्यक्तित्वलाई जन्माउनु आवश्यक ठहरिएको छ । कुनै पनि त्यस्तो चिन्तन भएको व्यक्तिलाई अग्रसर हुन नदिनको लागि आज सम्पूर्ण शक्तिहरु एकजुट भएका छन् । यस देशमा सम्पत्ति हुनेहरुले जे पनि खरिद गर्न सक्दछ भन्ने प्रमाणहरु हाम्रा सामु जिवन्त नै छन् । सरकार, न्याय, कानुन, घरजग्गा, विदेश, भाइभारद्वार, पद, उन्नति, नाम, ऐश्वर्य, सम्मान र सच्चाइ समेत धनले खरिद गर्न सकिने शिलशिलाको अगाडि धर्म, अर्थ, काम, मोक्ष जस्ता साधनमा कृति कमाउने साधकहरु संधैको हेँलाई भएर रहनु परेको छ । धार्मिक बिचारलाई अगाडि ल्याउनेहरुलाइ यहाँ ठगीको तक्मा लगाउछन् । देश र सुशासनको परिकल्पना गर्नेहरुलाई यहाँ विरोधीको संज्ञा दिन्छन् । असत्य र अत्याचारीलाई नष्ट गराउन खोज्नेहरुलाई यहाँ बलात्कारीको पोष्टरमा चिप्काउँछन् । राष्ट्र र राष्ट्र हितको लागि संघर्ष गर्नेहरुलाई यहाँ देशद्रोहीको धब्बा लगाउँछन् । यस्तो कुदृष्टि खेल रच्नेहरुले संधै जनताको वाहा वाहा पाएका छन् र हौसल्लिएका छन् ।

अबको शासन कुनै पनि पार्टिको हकमा जानु देशलाई दुर्दशामा धकेल्नु नै हो । अबको शासन धार्मिक चिन्तन र धार्मिक बिचारमा परिपक्क भएका व्यक्तित्वको हातमा जानु पर्दछ । जनताले बुझ्नु पर्ने सुशासनको अर्थ के छ भने– देशमा दुराचारी, भ्रष्टाचारी, बलात्कारी, पापी, निर्दयी, अराजकताको मानसिकतामा विलिन व्यक्ति जस्ता कयौं अवगुणी व्यक्तिहरुको हात संधै माथि पर्नुको कारण सहि सत्य व्यक्तित्वलाई निराकरण गरिन्छ भन्ने तथ्यलाई आत्मसात गरिनु पर्दछ । रावणको राज्यमा आफ्नै भाई भिविषणलाई देशद्रोही भन्ने गरिन्थ्यो । किनभने उनी सत्वीचार र सत्गुणी व्यक्ति थिए । पाण्डवको राज्यमा धृतराष्टका भाई विदुरलाई राष्ट्रघातीको संज्ञामा राखेका थिए । हिरण्यकश्यपुको शासनकालमा प्रह्लादलाई पिता विरोधी भनि संवोधन गरिन्थ्यो । जब जब पापको शासनकाल सुरु हुन्छ तबतब धर्मात्मा र राष्ट्र चिन्तन गर्ने व्यक्तित्वलाई नकारात्मक दृष्टिकोणले हेरी त्यसको अस्तित्वलाई विलिन गराउने चेष्टा गरिंदै आएका ऐतिहासिक धर्मशास्त्रहरुमा वर्णन गरेको पाइन्छ ।

आज धर्मशास्त्रको गणनानुसार यो कलियुग हो भनिन्छ र कलियुगको पनि सिमा समाप्त हुँदै जाने क्रममा यस्तै यस्तै अधर्म र असति व्यक्तित्वको हात माथि उठ्न जाने र त्यसको अन्त्य भयंकर हुने कुरालाई भगवान श्रीकृष्णले अर्जुन गीतामा प्रष्ट्याउनु भएको सन्दर्भ हामी गीता पाठ गर्ने सबैलाई जानकारी नै छ । यस्तै यस्तै परिपोषण हुँदै विश्वमा बढेको अत्याचार र कुकर्महरुको गतिले आज नेपाल र नेपालीलाई पनि अछुत हुन दिएको छैन । आजसम्म कुनै पनि देशमा असत्य र पापले डेरा नजमाएको ठाउँ भेटिंदैन । विकासको गतिलाई ब्रेक लगाउने, जनतालाई कठपुतली बनाइ सडको सिकार बनाउने, देशको लागि गर्छु भन्ने धार्मिक व्यक्तित्वलाई ठगीको बिल्ला पहियाउने काम नेपाली भूमिमा हुँदै आएका छन् ।

आफ्नो कुर्सि बचाउनको लागि आफ्ना प्रजालाई एकापसमा फुट ल्याउने सकुनीको कुटिल खेल रचिंदै छ । आत्मा ग्लानी हुनुभन्दा पनि आफूलाई सर्बश्रेष्ठ युगान्तकारी निष्ठावान शासकको रुपमा परिचीत भएको महशुस गर्ने व्यक्तिहरुको भीडमा हराउँदै गएको धर्म र संस्कृति, रितिरिवाज, जातजातिलाई एकसुत्रमा बाँध्न कम्मर कसेका विभिन्न धार्मिक गुरुहरु, जनक राजा जस्ता निष्ठावान र प्रजावत्सल व्यक्तित्व र आफ्ना जनताको लागि आफूलाई बलिदान गर्न सक्ने राजा राम जस्ता आदर्शवादी पुरुषहरुको खोजी गरिनु हामी जनताको परम दायित्व हो । पुरानैशैलि र पुराना विचारधाराका व्यक्तिहरुलाई पटक पटक देशको शासन सुम्पनु भनेको देशलाई उन्नतिभन्दा अधोगति तर्फ धकेल्नु हो । किनभने पुराना बिचारधाराका व्यक्तित्वहरुले आफ्नो व्यक्तिगत उन्नतिको लागि गर्न सक्ने सबै खालका तालमेल मिलाउन जानेका हुन्छन् । जस्ले गर्दा कहाँबाट कसरी जनताका आँखामा छारो हाल्ने र कसरी देशको लागि जम्मा भएको रकमलाई आफ्नो पारिवारीक विकासमा खर्च गर्न सकिन्छ भन्ने कुचाल चाल्ने योजनाहरु तहगत रुपमा गर्न सक्ने क्षमता लिएका हुन्छन् ।

यता चुनाब नै गरेर देश र जनताको समस्या समाधान हुन्छ भनि मुर्ख मुढ बिचार लिएर जनसमक्ष आउने भनिएको यो खेल सत्ता बचाउने कुटिल चाल हो । देशको लागि गर्छु भन्नेहरुले चुनाव नै किन रोज्नु पयो ? सबै दलका नेताहरुको समझ्दारीमा सहमतिय सरकारको सृजना गरी देशलाई निकास दिनु आजको आवश्यकता भएको जान्दा जान्दै पनि फेरी चुनावी प्रकृयालाई रोजी अर्को प्रशव पिडा देश र जनतालाई दिनु सान्दर्भिक सिद्ध हुदैन । जबसम्म रोटी पकाउने तावा पातलो नै रहिरहन्छ तबसम्म रोटी डढ्न छाड्दैन । जबसम्म दुधमा पानी मिसाइन्छ तबसम्म बाक्लो दुधको स्वाद चाख्न पाइदैन ।

तसर्थ जबसम्म देशभित्र सिर्जीएका मुद्दाहरुलाई मूर्त रुप दिएर राजनीतिक दलहरु एक सुत्रमा आउदैनन् तबसम्म पचासौं चुनाव गरेपछि राष्ट्रको लागि निकास दिन असक्षमता नै हुन जान्छ । धार्मिक चिन्तन, मानव चिन्तन, प्रकृति चिन्तन र देशको चिन्ता गर्ने जस्ता व्यक्तित्वहरुलाई नजरअन्दाज गरिनु देश र जनताको ठूलो भुल हुनेछ । देशलाई अब शासनले होइन धर्म र संस्कृतिले बचाउनु पर्ने बेला खड्किएको छ । विदेशको नुनले होइन नेपालको सिधेनुनको स्वाद लिनु पर्ने बेला आएको छ । विदेशी फेशन होइन स्वदेशमा बनेका कपडाको पहिरन चाहिएको छ । विदेशबाट झिकाइने रक्सी होइन गाईको शुद्ध दुधको सेवन अनिवार्य भएको छ । विदेशी जडिबुटि र औषधि होइन नेपाली धर्तिमा उम्रिएका नेपाली जडिबुटिजन्य बस्तुहरुको अपरिहार्यता महशुस गर्नु पर्दछ ।

युग परिवर्तन गर्नु छ भने मानव चरित्रबाट सुरुवात गरिनु पर्दछ । जबसम्म व्यक्ति समाज र सम्पूर्ण जनतामा धर्मप्रति आस्था रहँदैन तबसम्म कुनै पनि कार्य सिद्ध गर्न सम्भव हुदैन । अहिले परिस्थिति भनेको आफ्नो राष्ट्रको सिमा सुरक्षा र विकासले जनतालाई उच्च आर्थिक उन्नती तिर लैजानु नै हो अन्यथा भोलीका दिनहरुमा छोरा नातिहरु विदेशीको दैलो दैलोमा भिख माग्दै हिंड्नु पर्नेहुन्छ । सबै शासक एउटै हुन्छ भनि वाक्क परेका जनताहरुले अब पुराना सोचलाई भताभुंग पारी नयाँ सोंच र धार्मिक विचारलाई आत्मसम्मान गर्नसक्ने व्यक्तित्वलाई अग्रसर पारि एक मौका धार्मिक चिन्तनलाई दिने हो कि ? सुरज गिरी

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर