.

चलचित्रको आम्दानीबाट विद्यार्थीलाई सहयोग

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
चलचित्र व्यवसायका लागि निर्माण गरिन्छ। सामाजिक सेवाको भावनाले कमै मात्र चलचित्र बन्ने गर्दछ। आगामी शुक्रबारबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र 'किन लाग्छ माया'ले भने चलचित्र प्रदर्शनबाट उठेको केही रकम गरिब तथा जेहेनदार विद्यार्थीको छात्रवृत्तिका लागि खर्च गर्ने घोषणा गरेको छ। उसले आफ्नो रकम नेपाल मेगा कलेजमा अक्षयकोष स्थापना गरी विद्यार्थी पढाउने व्यवस्था गर्न लागेको हो।

चलचित्रका निर्माता शक्ति बल्लभ घोरासैनीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दर्शकले काटेका प्रत्येक टिकटबाट १ रुपियाँ अक्षयकोषमा जम्मा गरिने जानकारी गराए। ‘फिल्मले कमाए पनि नकमाए पनि हामीले दिएको रकमले विद्यार्थीको भविष्य बन्नु नै हाम्रा लागि सफलताको कुरा हो’ –घोरासैनीले भने। कार्यक्रममा कलेजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोपाल खनाल र निर्माता घोरासैनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार अक्षयकोषबाट एक विद्यार्थीले कलेजमा प्लस टु पढ्न पाउनेछन्। ‘सामुदायिक विद्यालयका एक गरिब, इमानदार र जेहेनदार विद्यार्थीलाई पढाउने कुरा भएको छ,’ सम्झौता गरेपछि खनालले भने– ‘यो सम्झौताले फिल्मवालाहरू पैसाका लागि मात्र नभई सामाजिक कामका लागि पनि सक्रिय छन् भन्ने उदाहरण दिएको छ।’

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले शुभकामना दिँदैमा चलचित्र राम्रो नचल्ने त्यसका लागि कथावस्तु राम्रो हुनुपर्ने बताए। नेपाल चलचित्र संघका महासचिव तथा निर्माता प्रदीप उदयले राज्यले चलचित्र क्षेत्रलाई विश्वास नगरिरहेको अवस्थामा किन लाग्छ मायाले सामाजिक काममा हात बढाउनु उदाहरणीय काम भएको बताए। चलचित्रका नायक राजबल्लभ कोइरालाले चलचित्र स्वरको सुटिङका क्रममा घाइते भएर घरैमा बसेको अवस्थामा यो चलचित्रको प्रस्ताव आएकाले आफूले अहिलेसम्म अभिनय गरेका मूल धारका चलचित्रमध्ये यसमा सशक्त अभिनय गरेको बताए। भारतबाट चलचित्रको अध्ययन गरी यसै चलचित्रमार्फत निर्देशकको ट्याग भिरेका गोपालचन्द्र लामिछानेले आफूले दर्शकलाई छारो हाल्ने किसिमको चलचित्र नबनाएको दाबी गरे।

पपुलर मल्टिमिडिया प्रालिको ब्यानरमा निर्मित चलचित्रमा निखिल उप्रेती, झरना थापा, गरिमा पन्त, शंकर लामिछाने, रवि गिरी, रामेश्वर बुर्लाकोटी, सुवास गजुरेल र निर्मल शर्माले अभिनय गरेका छन्। आनन्द अधिकारी, श्यामकृष्ण श्रेष्ठ र शंकर प्रधान कार्यकारी निर्माता रहेको चलचित्रमा अविनाश श्रेष्ठको कथा, पटकथा र संवाद, लक्ष्मण शेषको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको नृत्य र दीपक वज्राचार्यको छायांकन रहेको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर