.
ठग्ने म्यानपावर एजेन्सीमाथि कारबाही
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
चालु आवको १० महिने अवधिमा करिब एक अर्ब रुपियाँ ठगी भएको उजुरी विभागमा परेपछि विभागले अनुगमन र कारबाही बढाएको जनाएको छ । विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले कानुनबमोजिम कामकारबाही नगर्ने जो कोहीलाई पनि अब विभागले नछाड्ने बताए । ‘संस्था खोल्नु भनेको कानुनबमोजिम काम गर्छु भन्नु हो’ उनले भने, ‘त्यसअनुरुप काम नगर्ने संस्था वा व्यक्ति जो कोहीलाई पनि विभागले कडा कारबाही गर्छ ।’
रोजगारीका लागि विभिन्न मुलुक पठाउँदा झुटो विवरण उल्लेख गर्ने, बढी रकम असुल गर्ने तथा नक्कली कागजातमा विदेश पठाएर अलपत्र बनाउने काम बढेपछि विभागले कारबाही बढाउँदै लागेको हो । कानुनको पालना गर्न गराउन वैदेशिक रोजगार विभाग प्रतिबद्ध रहेकाले नक्कली काम गर्नेलाई कानुनी कारबाही गर्न विभाग पछि नहट्ने भट्टराईले बताए ।
उनले अहिलेसम्म करिब एक दर्जन म्यानपावर कम्पनीले गैरकानुनी रुपमा काम गरेको र ठगीमा संलग्न भएको देखिएकाले कारबाही गरेको बताए । बर्सेनि रोजगारीमा जाने कामदारको संख्या र तिनीहरुको पारिश्रमिक बढिरहेको भए पनि म्यानपावर एजेन्सीले नक्कली सम्झौतापत्र बनाएर रकम असुल्ने गरेको अध्ययनबाट भेटिएकाले कारबाही सुरु भएको विभागले जनाएको छ ।
विभागका अनुसार कामदारलाई ठगी गर्ने म्यानपावर एजेन्सी तथा व्यक्तिको लाइसेन्स खारेजी गर्नेसम्मको कारबाही विभागले गर्नेछ । ‘कानुनी प्रक्रियाभित्र रहेर काम गर्न भनेका छौँ’, महानिर्देशक भट्टराईले भने, ‘त्यसअनुरुप काम भएन भने लाइसेन्स खारेजीसम्म हुन्छ ।’ चालु आवको वैशाख मसान्तसम्म ९४ करोड ३८ लाख ३३ हजार नौ सय ८५ रुपियाँ ठगी भएको उजुरीसहित विभिन्न प्रकृतिका एक हजार ६ सय ५३ उजुरी परेको विभागले जनाएको छ । ती उजुरीमा ठगिएका पीडितपक्षबाट ९४ करोड ३८ लाख ३३ हजार नौ सय ८५ रुपियाँ बिगो दाबी भएको हो । विभागमा परेका उजुरीमध्ये बढीजसो व्यक्तिगत ठगीका छन् ।
म्यानपावर कम्पनीभन्दा पनि व्यक्तिगत रुपमा ठगी गर्नेको संख्या उल्लेख्य देखिएकाले यसलाई कडाइका साथ नियन्त्रण गर्न विभाग लागिपरेको भट्टराईले जनाए । चालु आवको १० महिने अवधिमा ७५ करोड ६६ लाख ९५ हजार पाच सय ५३ रुपियाँ रोजगारीमा पठाउने नाममा व्यक्तिगत ठगी भएकाले पनि विभाग यसलाई नियन्त्रण गर्ने प्रयासमा जुटेको हो । सो रकम दाबी गर्दै विभागमा एक हजार ३७ वटा उजुरी परेका छन् ।
व्यक्तिगतको तुलनामा संस्थागत ठगीका घटना भने चालु आवको १० महिनामा केही कमी देखिएको विभागको भनाइ छ । संस्थागत रुपमा रोजगारीमा पठाउने भनी ठगी भएको भन्दै ६ सय १६ उजुरी परेको विभागका अधिकारीले बताए । १० महिने अवधिमा संस्थागत रुपमा १८ करोड ७१ लाख ३८ हजार चार सय ३२ रुपियाँ ठगी भएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




