.

,

प्रहरीकै आदेशमा छुटे ‘क्यासिनो डन

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
क्यासिनो डन’ भनिने बलराम सापकोटा ‘बले’ आइतबार दरबारमार्गस्थित क्यासिनो अन्नाबाट पक्राउ परेको केही घन्टामै छुटेका छन् । उनीसँगै पक्राउ परेका अन्य नौजना भने प्रहरी हिरासतमै छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दको आदेशमा प्रहरी प्रभाग दरबारमार्गले छापा मार्ने क्रममा सापकोटासहित १० जनालाई साँझ ५ बजे नियन्त्रणमा लिएको थियो । छापा मार्न क्यासिनो रोयल पुगेको प्रहरी टोलीले त्यहाँ भने कोही फेला पार्न सकेको थिएन । प्रहरी स्रोतका अनुसार पक्राउलगत्तै सापकोटासहित सबैलाई प्रहरी प्रभाग दरबारमार्गमा पुर्‍याइएको थियो । सोधपुछपछि नौजनालाई प्रहरी परिसर काठमाडौं पठाइए पनि सापकोटालाई भने त्यहीँबाटै छाडिएको हो । प्रहरीले सापकोटालाई रोयल क्यासिनोका कर्मचारी ४९ वर्षीय नन्दु सिंहको जिम्मामा छाडेको थियो । प्रहरी परिसरको ठाडो आदेशमा सापकोटालाई प्रभागले छाडेको स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘माथिबाट आदेश आएपछि सम्बन्धित मान्छेलाई जिम्मा लगाएर छाडिएको हो ।’
परिसर प्रमुख चन्दले सापकोटालाई भने क्यासिनोबाट नभई अरू ठाउँबाट पक्राउ गरिएको दाबी गरे । उनले भने, ‘सापकोटालाई जुवाखालबाट नभई आँगनबाट पक्राउ गरिएको हो, जुवा खेल्दै गरेकालाई पक्राउ गरियो, नखेल्नेलाई छाडियो ।’
सापकोटासँगै पक्राउ परेकामा भक्तपुर दधिकोट–२ का ३७ वर्षीय मधुराम न्यौपाने, दधिकोट–५ का ३८ वर्षीय कृष्ण न्यौपाने, गुल्मी धुरकोट–७ का ४२ वर्षीय धर्मराज खड्का, दाङ सुनपुर–६ का ३० वर्षीय दिपु थापा, बालाजुका ३० वर्षीय नवराज लामा, नरदेवीका ५५ वर्षीय पञ्चनरायण महर्जन, कोटेश्वरका २३ वर्षीय विशाल महर्जन, सोही स्थानका २० वर्षीय शुभ कार्की र कलंकीका ३० वर्षीय रोशन शेरचन छन् । स्रोतका अनुसार उनीहरूलाई सापकोटाले नै ऋण दिएर क्यासिनोमा प्रवेश गराएका थिए

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर