.

,

एमाले राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, जनजाति नेता नजाने

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
संविधानसभा विघटनपछिको संवैधानिक र राजनीतिक संकट निकासका लागि पार्टीले खेल्ने भूमिका लगायत विषयमा सुझाव लिन एमालेले सोमबारदेखि राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । भेलामा असन्तुष्ट जनजाति र मधेसी नेताहरू सहभागी नहुने भएका छन् ।

 संविधानसभा विघटनपछि मुलुकभरका कार्यकर्तामा समान धारणा बनाउने र त्यही अनुसार प्रस्तुत हुने उद्देश्यले भेला आयोजना गरेको एमालेले जनाएको छ । सचिव विष्णु पौडेलेका अनुसार भेलामा अध्यक्ष झलनाथ खनालले संविधानसभा विघटन, पार्टीले संविधान निर्माणमा खेलेको भूमिका र वर्तमान राजनीतिक निकासबारे प्रवितेदन पेश गर्ने छन् । केन्द्रीय समितिको यसअघिको बैठकले गरेका निर्णयले उल्लेख गरेका बिषयमै केन्द्रित भएर अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

केन्द्रीय समितिले यसअघि संविधानसभा विघटनको दोषी माओवादीलाई देखाएको थियो । अन्तिम समयसम्म प्रयास गर्दा र विभिन्न विकल्प दिँदा पनि त्यसलाई अस्वीकार गरेर माओवादीले संविधान सभाको विघटन गराएको तथा प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको ठहर एमालेको थियो । राज्यपुनर्संरचनको सम्बन्धमा एकल जातीय नभई बहुपहिचान सहितिको मिश्रति नामकारण गर्ने अडान एमालेको थियो । भेलामा अध्यक्षले खनालले अडान सहितको धारणा पेश गर्ने स्रोतले जनाएको छ ।

यही कुरालाई लिएर उपाध्यक्ष अशोक राई लगायतका केही जनजाती नेताहरुले असन्तुष्टी जनाइरहेको छ । पार्टीका औपचारिक बैठकमा समेत सहभागी नभएका नेताहरुले गत साता आफ्नो नौ बुदे माग अघि सारेका थिए । तर उनीहरुको माग औपचारिक रुपमा भेलामा प्रस्तावको रुपमा पेश  हुने छैनन् ।  तर नेताहरुले सहभागी भएर आफ्नो कुरा राख्न छुट भएको सचिव पौडेलले जनाए ।

'एमाले लोकतान्त्रिक परिपाटीको उच्च अभ्यास गर्ने पार्टी हो, भेलामा उपस्थित भएरु आफ्ना कुरा छलफल र बहसमा लैजाने अधिकार सबैमा छ' उनले भने- 'राष्ट्रिय कार्यकर्ता भेला छलफलकै लागि उचित प्लेटर्फम हो ।'

असन्तुष्ट मध्येका नेता पृथ्वी सुब्बा गुरुङले भेलामा जानुको औचित्य नरहेको बताए । 'हाम्रो कुरा सम्बोधन गर्ने छाँट छैन' गुरुङले भने- 'भेलामा जानुको औचित्य छैन, हामी जादैनौ ।'

उनले पार्टीका सदस्यहरुलाई जबरजस्ती निकाल्ने प्रयासले झन् असहज स्थिति पैदा भएको जनाए । उनले संविधानसभा पुनःस्थापना गर्न जोड दिने र प्रधानमन्त्रीबाट बाबुराम भट्टराईलाई हटाएर कांग्रेसको सरकार बनाउनेतिर लाग्ने एजेण्डा छाड्ने हो भने पार्टी भित्र अन्तरसंषर्ष गरेर जाने स्थिति बन्न सक्ने जानकारी दिए । यसअघि स्थायी समिति, पोलिट यूरो र केन्दि्रय समिति बैठकमा नभएका नेताहरु भेलामा पनि सहभागी हुने छैनन् । यो सूचीमा उपाध्यक्ष राई, पोलिट ब्यूरो सदस्य गुरुङ, रामचन्द्र झा, केन्दि्रय सदस्यहरु किरण गुरुङ, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, अजम्बर काङमाङ लगायत नेता छन् ।

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखा परिक्षण आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरु केन्द्रीय विभाग, अञ्चल समन्वय कमिटीका सचिवहरु, जिल्ला कमिटीका अध्यक्षहरु र पार्टीका घोषित जसनंगठनका केन्द्रीय अध्यक्ष, उपाध्यक्ष र महासचिवहरु गरी झण्डै ५ सय सहभागी हुनेछन्  ।

राजधानीको राष्ट्रिय सभागृहमा हुने भेलामा अध्यक्षकेा प्रतिवेदनमाथि कार्यकार्ताहरुले सुझाव दिने छन् । ती सुझावलाई केन्दि्रय समितिले ग्रहण गरेर पार्टीको धारणा तय गर्ने केन्दि्रय सदस्य योगेश भट्टराईले जानकारी दिए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर