.
विश्व,
साम्प्रदायिक दंगामा ५० को मृत्यु
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
म्यान्मारको सरकारी सञ्चारमाध्यमले देशको पश्चिमी इलाकामाजारी सांप्रदायिक हिंसा ५० जनाको ज्यान गएको बताएको छ।म्यान्मारको सरकारी मुखपत्र 'न्यु लाइट अफ म्यानमार' का अनुसार रखाइन प्रान्तमा २८ मे देखि १४ जुनको विचमा ५० जना मारिएका छन भने ५४ जना भन्दा बढी घाइते भएका छन्। त्यहाँ बौद्ध धर्मावलम्वी र रोहिंग्या मुसलमान बिच हिंसा भएको हो।
अहिले त्यहाँ सेना परिचालन गरेर शान्ती बहालीको कोशिस भइरहेको पनि बताइएको छ। सरकारी सञ्चारमाध्यमले दुवै तर्फका गरि ३१ हजार भन्दा बढी मानिस अहिले राहत शिविरमा रहेको पनि बताएको छ। सयुक्त राष्ट्रसंघका अनुसार म्यानमारमा ८ लाख रोहिंग्या मुसलमान छन् । सयुक्त राष्ट्रसंघले उनीहरुलाई सवै भन्दा बढी सताइएका अल्पसंख्यकको दर्जामा राखेको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




