.

,

दुर्घटनामा ५ जनाको मृत्यु

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
- कञ्चनपुरको कृष्णपुर गाविसमा पर्ने बनदेवी जंगल नजिक राजमार्गमा आइतवार राति भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

राति १० बजेतिर महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ख ४१६ नम्वरको यात्रुबाहक बस र विपरीत दिशा कैलालीको अत्तरियातर्फबाट  आइरहेको से १ त १६५८ नम्वरको ट्रयाक्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी बृषबहादुर रावलले दिएको जानकारी अनुसार मृत्य हुनेहरुमा ट्रयाक्टरको ट्रालीमा रहेका कञ्चनपुरको देखतभुली गाविस- ८ का ३२ वर्षीय साहिव राना, ३४ वर्षीय सुम्लि राना, १२ वर्षीय निवास राना, ४० वर्षीया लक्ष्मी राना र विन्दुदेवी राना छन् । साहिव राना, सुम्लि र निवासको कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटो मै मृत्य भएको हो । 'लक्ष्मी राना र विन्दुदेवीको भारत बरेलीमा उपचारको क्रममा मृत्यु भएको हो,' रावलले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुर देखतभुली - ८ कै झेल राना र दिपेन्द्र रानाको भारत बरेलीमा उपचार भइरहेको छ भने बसका चालक देवबहादुर महता  समेत ४ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको रावलले जानकारी दिए । अन्य सामान्य घाइते उपचारपछि घर फर्केका छन् । ट्रयाक्टर चालक बाबुराम रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

'बस र ट्रयाक्टर एक आपसमा ठोक्किदा भएको दुर्घटनामा मृत्यु हुनेहरु सवै कञ्चनपुरको देखतभुलीका हुन् । उनीहरु सवै ट्रयाक्टरको ट्रलीमा बसेका थिए,' रावलले भने, 'घटनाको थप अनुसन्धान भइरहेको छ ।'

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर