.
कोरियामा एक नेपालीको मृत्यु
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 2 June 2012
जेष्ठ १९ - ईपिएसबाट ४० दिनअघिमात्र रोजगारी गर्न कोरिया आएका तेह्रथुम ईसिबु २ का २४ बर्षीय ललित फोम्बो लिम्बुको बिहिबार बिहान कम्पनीमा अचानक मृत्यु भएको छ । मृतकका गाउँले महेन्द्र फोम्बोले दिएको जानकारी अनुसार फेन्थेक सहरको उन्सानमी छिउ सानअप नामक फर्निचर कम्पनीमा कार्यरत फोम्बोको बिहिबार बिहान छटपटाइ रहेको अवस्थामा साथीहरुले भेटाएपछि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको थियो ।
हाल मृतकको शव ओसानस्थित हान्गुक अस्पतालमा रहेको छ । मृतकको परिवारलाई खबर दिइसकिएको पनि महेन्द्रले बताए । आर्थिक स्थिति समेत नाजुक भएका मृतकको केहि दिनअघि मात्र छोरी जन्मिएकाले श्रीमती सुत्केरी अवस्थामा धरानमा उपचार गराइ रहेको पनि महेन्द्रले बताए ।
फोम्बो मृत्यु भएको खबर पाएपछि कोरियाका नेपाली राजदूत कमानसिंह लामा र उपनियोग प्रमूख राजाराम बर्तौलाले उक्त कम्पनी पुगेर घट्नाको बिस्तृत जानकारी लिएका थिए । कम्पनि निरीक्षण गरेर फकिर्एका राजदूत लामाले कामको प्रकृतिमा खासै कठिनाई नभएको र खाने,बस्ने ब्यवस्था पनि ठिकै भएको बताए । एक महिनाअघिमात्र आएकाले फोम्बोको जिबन बीमा कम्पनीले गरे नगरेको केहि जानकारी प्राप्त भएको छैन ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




