.
आदिवासी जनजातिको १ बुँदे ज्ञापन पत्र राष्ट्रपतिकहाँ
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 1 June 2012
आज राष्ट्रपति कार्यालय सितल निवासमा पुगेर जनजातिले यादवलाई वर्तमान राजनीतिक रिक्ततालाई पूर्ति गर्नुपर्ने भन्दै एक बुँदे विज्ञप्ति बुझाएको हो ।
जनजाति महासंघले राजनीतिक अस्थिरतालाई निकास दिन ध्यानाकर्षण गराएको बताएको छ । जनजातिको विज्ञप्तिमा संविधान सभाको विघटन हुनुलाई राजनीतिक दलका बिचमा देखिएको बेमेनै मूल कारण भएको उल्लेख गरेको छ ।
जनजाति महासंका अध्यक्ष राजकुमार लेखीले चार शीर्ष दलका घमण्डले देश संकटमा परेको भन्दै अब कुनै पनि राजनीतिक निर्णय लिँदा सर्वपक्षीय सहमतिका आधारमा गर्नुपर्छ भन्ने समेत बताएका छन् ।
भेटमा यादवले यस विषयमा गम्भिर भएर शीर्ष दललाई सहमतिबाट अघि हिड्न आग्रह गरेको बताएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




