.
हावाहुरीले घर भत्कदा चार जनाको मृत्यु, २५० विस्थापित
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 1 June 2012
बिहिबार राति चलेको हावाहुरीले घर भत्कदा बाजुराको बाँधु गाविस ९ पीपलडाँडी गाउँमा चार जनाको मृत्यु भएको हो भने २५० बढी घाइते छन् ।
हावाहुरीका कारण मृत्यु हुनेमा ६० वर्षीया सुकिली सार्की र उनकी १४ वर्षीया छोरी करिस्मा रहेका छन् भने दत्त कार्कीको घर भत्कदा उनका १२ बर्षका छोराको मृत्यु भएको छ । प्रलाद लोहारको घर भत्कँदा उनका ३ वर्षीया छोराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
विकट क्षेत्र भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले बताएको छ । हावाहुरीका कारण गम्भिर घाइते भएका मध्ये केहीलाई उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्च लगिएको छ भने केहीको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




