.
बलिउड,
सनीलाई च्यालेन्ज दिदै विना मलिक उत्तेजक विज्ञापनमा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 1 June 2012
भारतीय मूलकी क्यानेडियन पोर्नस्टार तथा बलिउड फिल्म जिस्म २ की नायिका सनी लिओनले कन्डमको विज्ञापनमा अभिनय गरेपछि उनलाई काउन्टर दिनका लागि पाकिस्तानी मोडल तथा नायिका विना मलिक एक कामोत्तेजक उत्पादनको विज्ञापनमा देखा परेकी छन्।
उनलाई स्टे अन नामक एक विज्ञापनमा कामुक रूपमा साल्सा नृत्य गर्दै गरेको देख्न पाइनेछ। 'साल्सा नृत्य गर्दा निकै रोमाञ्चित भए' उनले भारतीय सञ्चारमाध्यमसँग भनेकी छन्- 'नृत्य मेरा लागि नयँ कुरा त होइन, तर साल्साचाहि नौलो लाग्यो। यो विज्ञापनमा अभिनय गर्दा केही त डर पनि लागेको छ, तर कामदेखि भने उत्साहित छु।'
विज्ञापनको कोरियोग्राफी लोङगिन्स फर्नाडिसले गरेका छन्। उनले ओस्कार अवार्ड विजेता फिल्म स्लमडग मिलेनियरको जय हो गीतको कोरियोग्राफी गरेका थिए। फर्नाडिसले आफू विनाको नृत्यबाट प्रभावित भएको बताए। विना हाल मुम्बई १२५ किलोमिटर, दाल मे कुछ काला है र जिन्दगी ५०५० फिल्ममा व्यस्त छिन्।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |






