.

,

आठ सेकेन्डमा भारतमाथि हमला गर्न सक्ने पाकिस्तानको दाबी

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरका पूर्व सञ्चार प्रमुख अलास्टायर क्याम्पवेलले पाकिस्तानका एक जनरलले सन् २००१ मा उनको मुलुकले आठ सेकेन्डमा भारतमाथि परमाणु हमला गर्न सक्ने दाबी गरेको बताएका छन्। उनले यो कुरा आप्mनो डायरीमा उल्लेख गरेको जनाइएको छ।
क्याम्पवेलको उक्त डायरीको सामग्रीहरू गार्डियनले क्रमशः प्रकाशन गर्ने भएको छ। पाकिस्तानको उक्त धम्कीलाई लिएर बेलायत चिन्तित भएको र ब्लेयरले आप्mनो विदेश नीति सल्लाहकार सर डेबिड म्यानिंगलाई एक पत्रमार्फत पाकिस्तानले परमाणु बम बनाइरहेको जानकारी गराएका थिए। पाकिस्तानी जनरलले बेलायतलाई चेतावनी दिने आसयमा भारतलाई उक्त कुरा सम्झाउन भनेको उल्लेख गरिएको छ।
क्याम्पबेलले आप्mनो पुस्तक ‘द बर्डेन अफ पावर ः काउन्टडाउन टु इराक’ मासन् २००१ सेप्टेम्बर ११ को आक्रमणपछि तत्कालीन बेलायती प्रधानमन्त्री टोनी ब्लेयर भारतीय उपमहाद्विपको भ्रमणमा रहँदा पाकिस्तानी जनरलले भारतमाथि परमाणु हमलाको उक्त धम्की दिएको दाबी गरेको छ। टोनी ब्लेयरका पूर्वसञ्चार प्रमुख क्याम्पबेलले लेखेका छन्– ‘रात्रि भोजको समय म जनरलहरूको बीचमा बसेको थिएँ। दुबैजना भारतले पाकिस्तानमाथि अवश्य आक्रमण गर्छ भन्नेमा विश्वस्त देखिन्थे।’
रात्रि भोज समाप्त भएपछि निस्कनै लागेको बेला एक जनरलले नजिकै आएर पाकिस्तानले भारतमाथि आठ सेकेन्डमा परमाणु हमला गर्न सक्ने बताएको क्याम्पबेलले बताए। पाकिस्तानी जनरलको उक्त भनाइ अत्यन्तै अप्रत्यासित ढंगले आएको उनको भनाइ थियो। यी बाहेक पुस्तकमा सञ्चार मुगल रूपर्ट मर्डकद्वारा प्रधानमन्त्री ब्लेयरलाई तीन पटक फोन गरको जानकारी पनि उल्लेख गरेको छ। रूपर्ट मर्डकले ब्लेयरलाई इराकमाथि हुने हमलालाई केही पछाडि धकेल्न अपिल गरेको क्याम्पबेलले बताएका छन्।
सन् २००३ मा हाउस अफ कमन्समा इराकमाथि आक्रमण गर्ने विषयमा मतदानको तयारी भइरहेको र त्यसको एक हप्तापहिला मर्डकले ब्लेयरलाई तीन पटक फोन गरेको क्याम्पबेलले उल्लेख गरेका छन्। एउटा फोनमा मर्डकले प्रधानमन्त्री ब्लेयरलाई इराकमा सैनिक हस्तक्षेप बढाउनका लागि दबाब पनि दिएको क्याम्पबेलले आप्mनो पुस्तकमा उल्लेख गरेका छन्। उनले ब्लेयरलाई यदि बेलायतले हमला गरेमा न्युज इन्टरनेसनलले त्यसमा कसरी मद्दत गर्न सक्छ भन्ने लोभ पनि देखाएका छन्।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर