.
इमरानको मूल्य ११ करोड
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
भारतीय सञ्चारमाध्यमका अनुसार दुवै नायकले सँगसँगै बलिउडमा डेब्यु गरेका हुन्। फरक यति थियो कि रणवीरको पहिलो फिल्म फ्लप भएको थियो भने इमरानको फिल्मले राम्रो व्यापार गरेको थियो। तर अहिले अभिनयलाई हेर्दा इमरान रणवीरभन्दा पछाडि छन्।
पछिल्लो समयमा आफू अभिनित फिल्मले राम्रो व्यापार गर्न थालेपछि रणवीरले आफ्नो मूल्य बढाएका छन्। यही कुरा थाहा पाएर इमरानले पनि वान्स अपन ए टाइम इन मुम्बईको सिक्वेलका लागि उनले ११ करोड रुपियाँ निर्माताबाट लिएका छन्। ‘पैसा भनेको जति अनुभव हुँदै जान्छ त्यसरी नै बढ्दै आउने कुरा हो’, नायक आमिर खानका भान्जा इमरानले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्– ‘रणवीरभन्दा मैले फिल्ममा कमै अभिनय गरे हुँला, तर मप्रति फ्यानको आकर्षण अझै पनि घटेको छैन।’
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




