.

,

सहमतीय सरकारको लागि प्रधानमन्त्रीद्वारा पहल तीव्र

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


१९ जेठ, काठमाण्डौं । प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु गर्नुभएका प्रधानमन्त्री बाबुराम भट्टराईले काँग्रेस सभापति सुशिल कोइराललाई भेटि सहमितय सरकारका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । शुक्रबार विहान कोइराला निवास महाराजगञ्ज पुग्नुभएको प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमित र निर्वाचनमा जानुको कुनै विकल्प नभएको बताउनु भएको छ ।
राजनैतिक दलहरुले गरेको सहमतिलाई आफूले स्वागत गर्ने बताउँदै प्रधानमन्त्री भट्टराईले दलहरुबीच भएको जुनसुकै सहमति आफूले मान्ने काँग्रेस सभापति कोईरालाई जानकारी गराउनुभएको थियो ।

जवाफमा कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठनमा आफ्नो पार्टीले सघाउने तर एकलौटी रुपमा संविधानसभाको नयाँ चुनावको मिति घोषणा गरेर सहमतिको वातावरण बिगारेको गुनासो गर्नु भएको थियो । कोइरालाले सहमतिको लागि सबै दलहरुको बीचमा छलफल गर्न सुझाव दिनुभएको थियो ।

सरकार बाहिर रहेका दलहरुले सरकारले गरेको संविधानसभाको निर्वाचनको घोषणा अवैधानिक भएकोभन्दै आलोचना र मोर्चाबन्दी गर्न थालेपछि प्रधानमन्त्रीले दलहरुसँगको छलफललाई तीब्रता दिनु भएको हो । प्रधानमन्त्री भट्टराईले बिहीबार साँझ पनि एमाले अध्यक्ष झलनाथ खनालाई भेटेर सहमितय राजनीतिको पहल सुरु गर्न आग्रह गर्नुभएको थियो ।
संविधानसभा विघठनसँगै नयाँ निर्वाचनको मिति घोषणा गरेको बर्तमान सरकारलाई राष्ट्रपतिले कामचलाउ सरकार मात्र रहेको जानकारी गराए पछि प्रधानमन्त्री बाबुराम भट्टराईलाई सहमति कायम गर्न दवाव परेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर