.
समाचार,
खुलेआम ‘घुस’ लिदै I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 1 June 2012
बाग्मती यातायात कार्यालयको सवारीचालक अनुमतिपत्र फाँटको नागरिक बडापत्रमा नवीकरणका लागि एक साता लाग्ने उल्लेख गरिएको छ । कर्मचारीहरुले पनि पुरानो अभिलेख खोज्न र हेर्न समय लाग्ने भन्दै नविकरणका लागि एक साता लाग्ने बताउँछन् । तर सेवाग्राहीले दलालाई ५ सयदेखि १ हजार रुपैयाँसम्म बुझाए २/३ घण्टामै अनुमतिपत्र नविकरण हुने गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
यातायात कार्यालयकै हातामा रहेको नगरपालिकाका एक कर्मचारीले कर्मचारीकै कारण यातायात कार्यालयमा बर्षौदेखि दलालहरु नहटेको बताएका छन् । ‘आधा भन्दा बढी रकम भित्र बुझाउने र बाँकी रकम दलाले राख्न पाउने परिपाटी छ, ‘ ती कर्मचारीले भने ‘दलालकै कारण अतिरिक्त आम्दानी हुने भएकाले कर्मचारीले नै दलाललाई संरक्षण गरेर राख्ने गरेका छन् ।’
जानकारहरुका अनुसार सर्वसाधारणको पहुँच नहुने यातायात कार्यालयमा कर्मचारीहरुसँग मिलेमत्तो गरेका दलालहरुले अभिलेखहरुमा सहज पहुँच राख्ने गरेका छन् ।
सतर्कता केन्द्रले तयार पारेको प्रतिवेदन अनुसार साना-ठूला सवारी फाँटमा राजश्व चुहावट समस्या भेटिएको छ । ५/६ बर्ष कर नतिरेका सेवाग्राहीलाई दललाले तीन बर्ष सम्मको कर तिर्न लगाउने र बाँकी रकम कर्मचारीहरुको मिलेमतोमा चुहावट गर्ने गरेको पनि तथ्यांकमा उल्लेख गरिएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




