.
Feature समाचार,
दरवार हत्याकाण्डको एघारौ वर्ष
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 1 June 2012
१९ जेठ, काठमाडौ । तत्कालिन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज एघारौ वर्ष पुरा भएको छ ।
वि.सं. २०५८ साल जेठ १९ गते शुक्रबारका दिन तत्कालिन नारायणहिटी दरबारमा आयोजित शाही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज्ञी श्रुति, युवराज निराजनलगायत राजपरिवारका १० सदस्यको हत्या भएको थियो । नेपाली जनतामाझ लोकप्रिय राजाका रूपमा रहेका विरेन्द्र सहित राजपरिवारका सदस्यको हत्याले नेपाली जनतामाझ एउटा दुखद घटनाको रूपमा अडिरहेको छ । हत्याकाण्डको एघार वर्ष पूरा हुँदा पनि त्यसको निश्पक्ष छानविन हुन सकेको छैन् ।
हत्याकाण्डपछि गठित छानविन समितिले तत्कालीन युवराज दीपेन्द्रले पारिवारीक तनावका कारण राजपरीवारका सदस्यको हत्या गरेको र पछि आफूले आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेपनि उक्त प्रतिवेदन कसैले विश्वास गरेका छैनन् । उक्त प्रतिवेदनमा समेटिएका विषयहरूपनि आफैमा विवादित भएका कारण यो घटनाको सत्य छानविन हुन नसकेको त्यहि बेलादेखि नै आवाज उठाउँदै आइएको थियो ।
जनताले तत्कालीन राजा विरेन्द्र सहित राजपरिवारका अन्य सदस्यको हत्याकाण्डमा अरूनै कोही दोषी रहेको तर तत्कालिन युवराज दीपेन्द्रलाई दोषी देखाएर हत्याकाण्डका प्रमुख दोषीलाई बचाइएको त्यतिबेला देखी नै भन्दै आएका छन् । हरेक वर्ष आजका दिन उक्त घटनाबारे केहि चर्चा त हुन्छ तर त्यसको निश्पक्ष छानविन भने हुन सकेको छैन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





