.

ह्याट्रिकपछि पाकिस्तानको नाटकीय हार

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
कोलम्बो : ४१औं ओभरमा थिसरा पेरेराले ह्याट्रिक गरेपछि पाकिस्तानले श्रीलंकाविरुद्धको पाँच एकदिवसीय क्रिकेट म्याचको शृंखलाअन्तर्गत चौथो म्याचमा शनिबार स्तब्धपूर्ण पराजय बेहोरेको छ ।
२ सय ४४ रनको लक्ष्य पछ्याएको पाकिस्तान पेरेराको उक्त सफलतापछि ४५ ओभरमा १ सय ९९ रनमा सीमित हँुदै ४४ रनले पराजित भयो । जितसँगै श्रीलंकाले शृंखलामा २–१ ले अग्रता लियो । ४१ औं ओभरमा पाकिस्तानले चार विकेट गुमाएको थियो । कुनै समय मिसवाह उल हक र अजर अलीबीच १ सय १३ रनको साझेदारी भएपछि १६६–२ को स्थितिमा पुगेको पाकिस्तान जिततर्फ अग्रसर भएको थियो । तर, पाकिस्तानले थप १३ रन जोड्दा थप सात विकेट गुमाउन पुग्यो । पेरेराले ह्याट्रिक पूरा गर्ने क्रममा युनिस खान एक रनमा आउट भए भने साहिद अफ्रिदी र सफ्र्राज अहमदले खाता खोल्न सकेनन् । ४१ औं ओभरको अन्तिम बलमा सोहेल तनविर पनि व्यक्तिगत रन नजोडी रन आउट भए । मिसवाह र अजरको साझेदारी टुटेलगत्तै पाकिस्तानको दशा सुरु भएको थियो । लासिथ मालिंगाले उक्त साझेदारी तोडेपछि क्रिजमा आएका उमर अकमलले पनि खाता खोल्न सकेनन् । उनी नुवान कुलसेकराको बलमा क्याच आउट भएका थिए । प्रारम्भिक ब्याट्सम्यान मोहम्मद हाफिजलाई पनि व्यक्तिगत शून्य रनमा गुमाएको पाकिस्तानका समग्रमा ६ खेलाडीले खाता खोल्न सकेनन् । जारी शृंखलाको दोस्रो खेलमा श्रीलंकालाई जित दिलाउने क्रममा ह्याट्रिकसहित ६ विकेट लिएका पेरेराले शनिबार चार विकेट हात पारे। हाफिजलाई पनि आउट गरेका मालिंगाको नाममा दुई विकेट रह्यो ।
पाकिस्तानका लागि अजरले अविजित रहँदै ८१ रन जोडे भने मिसवाहको नाममा ५७ रन रह्यो । पाकिस्तानले पछिल्ला तीन वर्षमा १८ पटक भेटेका २ सय ४० रनभन्दा बढीको लक्ष्य मात्र तीनपटक पूरा गर्न सफल भएको छ ।
यसअघि कप्तान कुमार संगकारा र माहेला जयवद्र्धनेले चौथो विकेटका लागि १ सय १० रनको साझेदारी गरेपछि श्रीलंका निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर मध्यम लक्ष्य तयार पार्न सफल भएको थियो । ९०–३ को स्थितिमा शतकीय साझेदारी गरेका संगकाराले ९७ र जयवद्र्धनेले ४० रनको योगदान गरे । त्यस्तै तिलकरत्ने दिल्सानले २४ र दिनेश चन्दिमालले १८ रन जोडे । (एजेन्सी)

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर