.

दुबईमा युनियन मनी ट्रान्सफरको अन्तरक्रिया कार्यक्रम

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
१३ जेठ, दुबई । विश्वको विभिन्न राष्ट्रहरुमा ८५ प्रतिशत व्यापार गर्दै नेपालमा पनि ४ हजार २ सयभन्दा बढी आफ्नो शाखाहरु संचालन गरेको वेस्टन युनियन मनी ट्रान्सफरले गत २१ मे सोमबारका दिन दुबईको अरब उडूपी रेष्टुरेण्टमा नेपालबाट आएका ट्रान्फरका प्रतिनिधिहरु र युर्एइस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरु र एक्सचेन्जमा कार्यरत प्रतिनिधिहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका वेस्टन युनियन मनी ट्रान्फरका नेपालका निर्देशक आतिशकृष्ण श्रेष्ठ, हुलास रेमिटेन्सका निर्देशक हेमन्त गोल्छा, अन्नपूर्ण ट्राभल्स एण्ड टुर प्रा.लि. का विजिनेश म्यानेजर दीपक अमात्य र चौधरी ग्रुपका जेनेरल म्यानेजर आषिश शर्माको उपस्थिति रहेको थियो भने युर्एइका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी व्यावसायी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा वेस्टन युनियन मनी ट्रान्सफरको व्यवसायलाई अझै सरल र शुलभ तहबाट सेवा ल्याउनेबारे छलफल केन्द्रित थियो । समाजसेवी चन्द्रप्रसाद सापकोटाले अन्य मनी ट्रान्सफरको तुलनामा वेस्टन युनियनको ट्रान्सफर शुल्क धेरै रहेको र पैसा लिनको लागि धेरै प्रक्रिया रहेकोमा यसलाई संशोधन गर्नु पर्नेमा आफ्नो जिज्ञासा राखेका थिए । त्यस्तैगरी, फस्ट मोवाइल बैंकका विजिनेस डेभोलपमेन्ट म्यानेजर किशोर घिमिरेले वेस्टन युनियन मनी ट्रान्सफरले पनि अन्य मनी ट्रान्सफरले लिएको ट्रान्सफर चार्जसँगै सेवा उपलब्ध गराउन आग्रह गरेका थिए ।
खासगरी खाडी मुलुकका नेपाली कमिटीहरुसँग समन्वय राख्दै सक्दो सहुलियत सेवा उपलब्ध गराउने निर्देशक श्रेष्ठले प्रतिवद्धता जाहेर गरेका थिए । आफ्नो विचार राख्नेहरुमा चन्द्र रोकाह, महेश मोक्तान, चन्द्रप्रसाद सापकोटा, नारायन अधिकारी उत्तम अधिकारी, सि.यम ढकाल र किशोर घिमिरे रहेका थिए ।
रेमिटेन्सलाई कसरी देशमा भित्र्याउने र पैसा रिसिभ गर्ने व्यक्तिलाई सक्दो सहुलियत सेवा उपलब्ध गराउँदै आफ्नो व्यावसायलाई हरेक नेपालीहरूसम्म पुर्‍याउने हेतुले गरिएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन लोकनाथ सुवेदीले गरेका थिए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर