.
समाचार,
माओबादी अन्तरसंघर्ष चरमोत्मकर्षमा, प्रचण्डलाई दण्डित गर्न राष्ट्रिय भेला I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 10 June 2012
पटक-पटक केन्द्रीय समितिका बैठक बोलाएर पार्टी नीतिबमोजिम अगाडि बढ्ने बताउादै वैद्य पक्षलाई थामथुम पार्दै आˆनो चाल चलिरहेका प्रचण्डलाई अब भने वैद्य समूहले साथ नदिने स्पष्ट पारिसकेको छ । प्रचण्डकै कारण पार्टी आˆना नीति र आदर्शमा चुकेको भन्दै अध्यक्ष प्रचण्डलाई सच्चिन बारम्बार अनुरोध गर्दै आइरहेको वैद्य पक्ष अब अध्यक्ष प्रचण्डलाई सुधार्न नसक्ने भन्दै पार्टीको नीति र सिद्धान्तको रक्षार्थ अडिग भएर अघि बढ्ने तयारीमा जुटेका छ ।
वैद्य पक्षका एक नेता भन्छन्- हामीले अध्यक्ष प्रचण्डलाई सुधार्न अन्तिम क्षणसम्म पनि भरमग्दुर प्रयास गर्यौा तर उहााले पार्टीको नीति, सिद्धान्तलाई चटक्कै बिर्सेर संसद्वादी भासमा जकिने आˆनो सोच र शैली बदल्न चाहनु भएन, त्यसकारण अब आˆनो र अध्यक्ष प्रचण्डको बाटो फरक परिसकेको छ । उनी अगाडि भन्छन्- नेपाली उखान गधालाई धोएर गाई बन्दैन भनेजस्तै अब अध्यक्ष प्रचण्डलाई सच्याएर नेपाली क्रान्ति सम्पन्न गर्न असम्भव भइसकेको छ । तसर्थ, अब हामी आमकार्यकर्ताको धारणा बुझेर अगाडि बढ्ने दिशातिर उन्मुख भएका छौ ।
अध्यक्ष प्रचण्डले संविधानसभाबाट नै शान्ति र जनसंविधान ल्याउन सकिने भन्दै जनमुक्ति सेनाको विघटनलगायत आˆना प्रायः सबै वर्गीय संगठनहरूलाई धराशयी बनाउादै अन्ततः संविधानसभा विघटनमा साक्षी बसी जनसंविधान ल्याउने मार्ग बन्द गरिदिएपछि वैद्य समूह थप आक्रोशित बनेको हो । पार्टीका सम्पूर्ण शक्तिलाई बेकम्मा बनाएर अध्यक्ष प्रचण्ड संसद्वादी भाषमा डुबेका कारण दस वर्षे जनयुद्धको उपलब्धि रक्षार्थ पनि अब वैद्य समूह प्रचण्डसाग सहकार्य गर्न असमर्थ भएको एक नेताको भनाइ रहेको छ । पार्टीको घोषित नीति र आधारभूत सिद्धान्तलाई समेत लत्याउादै पद, प्रतिष्ठा र मोजमस्तीमा अध्यक्ष प्रचण्ड लालायित भएकाले नै यस्तो स्थिति आइलागेका ती नेताको भनाइ छ ।
यसै सिलसिलामा अध्यक्ष प्रचण्डका कार्यशैलीको तीव्र विरोध जनाइरहेको वरिष्ठ उपाध्यक्ष मोहन वैद्य 'किरण' समूहले आगामी असार १ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । उसले अध्यक्ष प्रचण्डको पछिल्लो कार्यशैली र पार्टीले लिनुपर्ने नीति सम्बन्धमा सो भेलामा व्यापक छलफल गर्ने र त्यसकै निर्णयको आधारमा अगाडि बढ्ने बताएको छ । वैद्य पक्षले राष्ट्रिय भेला बोलाएपछि उता प्रचण्ड पक्षमा भने सात रेक्टरको भूकम्प गएको छ र उनीहरू कसरी हुन्छ, उक्त भेला रोक्न लागिपरेको स्रोतले बताएको छ । स्रोतका अनुसार अहिले अध्यक्ष प्रचण्ड दिनहुाजसो वरिष्ठ उपाध्यक्ष किरणको निवास धाइरहेका छन् र भेला रोक्न अनुनय-विनय गरिरहेका छन् । अहिले तत्काल राष्ट्रिय भेला रोकौा र छलफलबाट अगाडि बढौा र त्यसको लागि म जस्तोसुकै त्याग गर्न तयार छु भन्दै गोहीको आासु झार्दै अध्यक्षले राष्ट्रिय भेला रोक्न किरणलाई पटक-पटक गरेको अनुनयलाई वरिष्ठ उपाध्यक्ष किरणले अध्यक्ष प्रचण्डको बोलीको विश्वास गर्न नसक्ने र अब आमकार्यकर्ताको भावना बुझेर अगाडि बढ्ने भन्दै लत्याइदिएको स्रोतको दाबी छ । आˆनो अनुनय-विनयलाई उपाध्यक्ष वैद्यले लत्याइदिएपछि राष्ट्रिय भेला स्थगित हुने हल्ला चलाउादै आएको प्रचण्ड पक्षले अध्यक्ष वैद्य पक्षको भेलालाई व्यवधान पुर्याउने निर्णयताका साथ राष्ट्रिय भेला सुरु हुने दिन असार १ गते काठमाडौामा सभाको आयोजना गर्ने तयारी गरेको छ ।
आˆनो स्पष्ट नीति र अडान नभएका र सधैा पार्टीको एक पक्षलाई साथ लिादै अर्को पक्षलाई निषेध गर्दै पार्टीमा प्रभुत्व जमाइरहेका प्रचण्डलाई भने अब सााच्चिकै संकट आइपरेको राजनीतिक विश्लेषकहरूको ठहर छ । अध्यक्ष प्रचण्ड पार्टीभित्र आˆनो नीति लाद्न नसक्ने भएपछि अब कसरी पार्टी फुटाउने र आˆनो व्यक्तिगत वर्चश्व कायम रहने पार्टी बनाउने भन्ने दिशामा उद्यत भएको स्रोत बताउाछ । प्रधानमन्त्री बाबुराम भट्टराई जनयुद्धताकादेखि नै अध्यक्ष प्रचण्डसाग विमति राख्दै आएका व्यक्ति हुन् । उनी कहिल्यै पनि राजनीतिक र व्यक्तिगतरूपमा प्रचण्डसाग सहमत हुन सकेका थिएनन् भने अब हुने कुनै सम्भावना नै छैन । प्रचण्ड सुरुदेखि नै बाबुरामको राजनीतिक भविष्यलाई नामेट पार्न लागेकाले भट्टराई पनि प्रचण्डको साथमा रहन नसक्ने निश्चित छ । त्यसकारण अध्यक्ष प्रचण्ड वैद्यसाग साथ लिादै सधैा भट्टराईलाई अल्पमतमा राख्न सफल भएका थिए । अब वैद्य पक्षले प्रचण्डलाई साथ नदिने भएपछि पार्टीमा प्रचण्ड एक्लो परेका छन् ।
बाबुराम, नारायणकाजी पनि आˆनो गुट निर्माण गरी पार्टीलाई आˆनो कब्जामा लिने दिशामा उद्यत भएपछि राजनीतिकरूपमा अहिले प्रचण्ड विक्षिप्त अवस्थामा पुगेको उनी नजिकका नेताहरू बताउाछन् । अहिले माओवादी पार्टीमा देखापरेको गुट, उपगुटलाई पाखा लगान उपाध्यक्ष किरणको शरणमा नपरे पार्टी फुट्ने र प्रचण्डको राजनीतिक भविष्य चौपट हुने राजनीतिक विश्लेषकहरूको ठहर छ ।-- राजेन्द्रप्रसाद चिमौरिया
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




