.
Feature समाचार,
प्रधानमन्त्री बाबुराम ब्राजिल जाँदै, कांग्रेस-एमालेले चाहि बाटो छेक्ने I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012

४ असार,काठमाडौ। ब्राजिलको रियो दि जेनेरियोमा हुने अन्तर्राष्ट्रिय वातावरण तथा दिगो विकाससम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री डा बाबुराम भट्टराई आज ब्राजिल तर्फ लाग्ने भएका छन् । अल्पविकसित देशको नाताले नेपालले सम्मेलनमा विकास र पर्यावरणीय समस्या प्रस्तुत गर्ने अवसर भएकोले प्रधानमन्त्री ब्राजिल जान लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री भट्टराईले नेतृत्व गरेको टोली दिउँसो पौने ४ बजेपछि प्रस्थान गर्ने बताइएको छ । सम्मेलनमा विश्वका झण्डै १ सय ५० देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखले भाग लिने छन् । २० वर्ष पहिले ब्राजिलमा नै विश्व वातावरण सम्मेलन भएको थियो । उक्त सम्मेलनले जलवायु परिवर्तनले भयावह स्थितिबाट उन्मुक्ति पाउनका लागि विकसित र अल्पविकसित देशका सरकार र जनताले कस्तो नीति लिनुपर्छ भन्ने विषयमा घोषणापत्र तयार पारेको थियो । नेपाल अतिकम विकसित देशहरुको समूहको अध्यक्ष रहेको छ । अतिकम विकसित देशहरुको सरकार र राष्ट्रप्रमुखहरुको बैठक नेपालकै आयोजनामा ब्राजिलमा हुनेछ । बैठकको अध्यक्षता प्रधानमन्त्री डा भट्टराईले गर्ने बताइएको छ । प्रधानमन्त्री डा भट्टराईले ब्राजिलमा जलविद्युत् परियोजनाको पनि अवलोकन गर्ने कार्यक्रम पनि तय भएको छ। त्यसैगरि विभिन्न देशका राष्ट्रप्रमुखसँग भेटघाट गर्ने कार्यक्रम पनि छन् ।
सत्ता बाहिर रहेका दलहरु र विशेष गरि कांग्रेस र एमालेले आज प्रधानमन्त्री भट्टराई विदेश भ्रमणमा अवरोध गर्ने भएका छन् । सरकारविरुद्ध आन्दोलन घोषणा गरेका नेपाली काङ्ग्रेस, नेकपा एमाले लगायतका दलहरुले आज त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने तयारी समेत गरेका छन् । विमानस्थल सडकखण्डमा सुतेरै भएपनि बाटो अवरुद्ध गरिने कांग्रेस एमालेका नेताहरुले बताएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




