.

,

अमेरिका जाने चक्करमा २ नेपालीलाइ एक युवतीले बन्धक बनाइन, प्रहरी र युएनको पहलमा उद्दार I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
३ असार,काठमाडौँ । रोजगारीका लागि अमेरिका जाने क्रममा हाइटी पुगेका दुईजना नेपाली शुक्रबार हाइटीकी एक महिलाको चंगुलबाट पाँच महिनाको बन्धक जीवनबाट मुक्ति पाएका छन् । संयुक्त राष्ट्र संघ शान्ति स्थापनाका लागि पुगेको नेपाली प्रहरी, नेपाली सेना र हाइटी प्रहरीले संयुक्त रुपमा नेपाली समय अनुसार शुक्रबार राती २ जना युवालाई उद्दार गरेका हुन ।

बागलुङ नारायणस्थान गाविस ४ का हरिबहादुर बिक र पर्वत जिल्ला पाङ गाविस ५ का चिरन्जीवी सुवेदी गत मंसीर १ गते अमेरिका जाने सिलसिलामा काठमाडौबाट सिंगापुर हुँदै हाइटीको पोर्ट ओ प्रिन्स विमानस्थलमा उत्रिएपछि दुबै जनालाई हाईटीकी मेरी लुईस सेरिफल नामकी महिलाले अमेरिका पुराई दिन्छु भन्दै पाँच महिना देखी आफनै घरमा बन्धक बनाई उनिहरुको शोषण गरिरहेकी थिई ।



सेरिफलले २३ हजार अमेरिकी डलर माग गरेकी र अहिले सम्म १२ हजार अमेरिकी डलर पठाईसकेको तर दुई दिन पहिले थप १२ हजार अमेरिकी डलर नदिए मार्ने धम्की दिंदै पेस्तोल देखाएपछि रिहाईका लागि पहल गरिएको चिरञ्जीबि सुबेदीका बाबु दुर्गादत्त सुबेदीले बताए ।
यस्तै बिककी श्रीमती मिनाले श्रीमानले आफुँ रिहा भएकाले सकुसल रहेको फोन मार्फत जानकारी दिएको बताएकी छिन् । उनले श्रीमान आफ्नै प्रयासमा रिहा भएकोले चिन्ता नलिई बस्न भनेकाले ढुक्क भएको प्रतिक्रिया दिईन ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर