.

,

सदभावना दूत आनी छोइङ डोल्मा बेल्जियमका ५ सय लगानीकर्ताको बिचमा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
टेक नेपाली , बेल्जियम -
करिव ७ सय विदेशीहरुले भरिएको खचाखच हलमा ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काडै संसार’ बोलको गीतलाई नेपाली र जर्मनी भाषामा गाएर आनी छोइङ डोल्माले बेल्जियमहरुलाई मन्त्रमुग्ध पारिन् । बेल्जियम शहरको पर्यटकीयस्थल चौडफाउन्टेनमा भएको उक्त सांगितिक कार्यक्रममा ७ सय विदेशीहरु विदेशीहरुको उपस्थिति थियो भने नेपालको कला र संस्कृतिले सिगाँरिएको हलमा जताततै नेपालको झण्डा र मुर्तिहरु देखिन्थे ।

एशियन इम्पोर्टको तथा फोएर कल्चर चौडफाउन्टेनको सहयोगमा भएको उक्त कार्यक्रममा प्रमुख संयोजक प्रैफुङ्क भिरमिचेले आफु नेपाल भ्रमण नगरेपनि नेपाल जानको लागि केही लिएर जाउँ भन्ने भावना भएर नै यो कार्यक्रमको सुरुवात गरेको जानकारी गराए । चौडफाउन्टेन नगरपालिकाका प्रमुख डेनियल ब्याकुलानी र बेल्यियम नेपाली राजदुत राममणी पोखरेलद्वारा संयुक्त रुपमा उद्घाटित कार्यक्रममा दुइ देशविचको सम्बन्धलाई प्रगाढ राख्न यस्ता खाले साँस्कृतिक कार्यक्रम हुनुपर्ने पोखरेलले भने । उनले उपस्थित सवैलाई नेपाल जान समेत अनुरोध गरे । अत्यन्तै शान्त रुपमा भएको उक्त कार्यक्रममा केही विदेशीहरु नेपालमा लगानी गर्न समेत जिज्ञाशा प्रकट गरेको देखिन्थ्यो ।

चौडफाउन्टेन नगरपालिकाका मेयरले आफु नेपाल नगएपनि नेपालको वारेमा सुनेको पढेको हुनाले अव आगामी दिनमा नेपाल जाने योजना समेत रहेको वताए । यो एउटा हिमाल पहाड र तराइले भरिएको वहुजाति, वहुभाषी देश हो, हामी नेपालमा लगानी गर्न अत्यन्तै इच्छुक छौं उनले थपे । कार्यक्रममा फोएर कल्चरका अध्यक्ष माडेलैन हाइस्क्रोक, जिल्ला सचिव रिचार्ज गिलेट, इचेभिन डे ला कल्चरका लौरेन्ट वु्रटनलगायत करिव ५ सय लगानीकर्ताको उपस्थिति थियो । नन वेल्फेयर फाउण्डेशनको निम्ति फण्ड तयार गर्ने योजना रहेको उक्त कार्यक्रममा आनी छोइङ डोल्माले मन्त्र उच्चारण गर्दै विच विचमा यो त केवल ट्रेलर मात्र रहेको वास्तविक जान्नको लागि नेपाल भ्रमण गर्न आग्रह समेत गरिन् ।

विदेशमा प्रचार गरिए जस्तो राजनीति नविग्रेको साथै केही सीमिति व्यक्तिमा मात्र राजनीतिक समस्या आइपरेको अधिकांश नेपालीको मन र मुटु मायाले भरिएको छ भन्ने उदाहरण समेत दिइन । उनले चाँडो भन्दा चाँडो नेपालको भ्रमणको लागि सिट सुरक्षित राख्न र वुकिङ्ग गर्न समेत आग्रह गरिन, साथै उनले नेपालमा लगानी गरि विपन्न वाल वालिकाहरुलाई स्वास्थ्य र शिक्षामा सहयोग गर्नुपर्ने जोड दिइन । करिव ५ हजार नेपाली वसोवास रहेको बेल्जियममा एनआरएन बेल्जियमकी अध्यक्ष जानकी गुरुङ र संचारकर्मी महेन्द्र पौडेलको मात्र उपस्थिति थियो । अध्यक्ष गुरुङले कार्यक्रमले नेपालीहरुको प्रतिष्ठा झन बढेको साथै नेपालमा सहयोग गर्न नयाँ पाठ सिकेको एक अनौपचारिक भेटमा बताइन ।






VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर