.

,

कतारमा नेपाली कथानक चलचित्र - आइ एम सरी भव्यताका साथ प्रदर्शन I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
नवराज बि क, दोहा -
तनहूँ सेवा समाज दोहा कतारको आयोजनामा नेपाली कथानक चलचित्र आइ एम सरी १५ जुन २०१२ का दिन दोहा सिनेमा हल कतारमा उल्लेखनीय दर्शकहरुको उपस्थितिमा भव्यताका साथ प्रदर्शन भयो । युवा पुस्ताहरुले अत्याधिक मन पराएको यस चलचित्र स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै मात्रामा सफल भएको छ । झण्डै सत्र सय एकानब्बे भन्दा बढी दर्शकहरुले उक्त फिल्म हेरेका थिए । हल दर्शकहरुको भीडले खचाखच भरिएको थियो । उक्त कार्यक्रमका संयोजक सन्तोष थापा तथा सानु थापा रहेका थिए भने कार्यक्रम प्रमुख व्यवस्थापक नवराज विक, राजेश पन्त, मनीराज थापा, श्रीराम पौडेल र भविन्द्र तामाङ रहेका थिए ।




२०, २५ र ५० कतारी रियालका टिकटहरु राखिएको उक्त चलचित्रमा केकी अधिकारी र आर्यन सिग्देलको मूख्य भूमिका रहेको थियो । फिल्म हेरिसकेपछि दर्शकहरुले फिल्म अत्यन्तै सफल रहेको प्रतिक्रिया जनाएका थिए । संस्थाका सचिव राजेश पन्तले सम्पूर्ण कतारबासी नेपाली दर्शक महानुभावहरुलाई कार्यक्रम सफल बनाउन सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षासहित कार्यक्रमबाट संकलन भएको रकम तनहूँ जिल्लामा महत्वपूर्ण कार्यमा सहयोग गरिने बताउनुभयो ।

सो चलचित्र हेरे बापत संस्थाले दर्शकहरुको सेवा तथा सुविधालाई ध्यानमा राखी नेपालमा जाँदा श्रमिक गेष्ट प्यालेसमा बसेको खण्डमा २५ प्रतिशत छुटसहित विभिन्न प्याकेजमा दर्शकहरुलाई अन्य विविध सुविधाहरुको पनि व्यवस्था गरिएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर