.

,

बद्री पंगेनी सिन्धु मल्ल र सकुन्तला थापाले स्विट्जरल्याण्डमा दोहोरी घन्काए I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
जंगम खड्का, स्विट्जरल्याण्ड -

गत १६ जुन शनिवार आराउ समाज स्विट्जरल्याण्डको आयोजनामा स्विटजरल्याण्डको ओल्टेनमा नेपाली चर्चित नेपाली लोक दोहोरी कलाकारहरुको साथमा एक ग्रिल पार्टी भब्य रुपले सम्पन्न गरेको छ। इटाली बासी नेपालीहरुको विशेष अनुरोधमा युरोप भ्रमणमा आउने क्रममा नेपालका चर्चित लोकदोहोरी कलाकारहरु बद्रि पंगेनी, सिन्धु मल्ल र सकुन्तला थापालाई आराउ नेपाली समाजले निमन्त्रणा गरी ल्याइएको हो। नेपालका चर्चित लोकदोहोरी कलाकारहरुको सहभागी रहने भएपछि अत्यन्त छोटो समयमा पनि छिमेकी युरोपका देशहरु लगायत स्विटजरल्याण्डको विभिन्न सहरहरुबाट नेपाली तथा विदेशीहरुको उल्लेखनीय सहभागीता रहेको थियो।



स्विट्जरल्याण्डमै पहिलो पटक खुला चौरमा गरिएको यस कार्यक्रममा प्रवेश शुल्क निशुल्क गरी खानपिन सबै आयोजकले व्यबस्था गरेको थियो। कार्यक्रममा कलाकारहरु, एनआरएन स्विट्जरल्याण्डका संस्थापक अध्यक्ष संजय मुडभरी, एनआरएन स्विट्जरल्याण्डका उपाध्यक्ष धर्म गुरुङ र कलाकारहरुलाई स्विट्जरल्याण्ड ल्याउन विशेष भुमिका खेल्नुहुने इटाली बासी सिके श्रेष्ठलाई विशेष आसन ग्रहण गराईएको थियो। मञ्चमा आसन गर्दै धर्म गुरुङले कला र संस्कृतिको बारेमा छोटो मन्तव्य व्यक्त गर्नुभएको थियो। सामान्य औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रम आरम्भ भएको थियो।

ओल्टेन शहरको माथि डाँडामा रहेको कार्यक्रम स्थल बाट चारैतिरको सुन्दर दृश्यको समेत अवलोकन गर्न सकिन्थ्यो। कलाकार सकुन्तला थापाको मूक्तकबाट सुरु गरिएको सांस्कृतिक कार्यक्रम बेलुकी ५ बजेबाट शुरु भई राति ११:३० बजे सम्म चलेको थियो। उक्त कार्यक्रमको संचालन भने गुणराज शर्माले गर्नुभएको थियो। कलाकारहरुको औपचारिक कार्यक्रम ११:३० बजे समाप्त भएतापनि सहभागीहरु विहान ५ बजे सम्म रमाईलो गर्दै बसेका थिए। कार्यक्रममा बद्रि पंगेनीले चर्चित गीतहरु प्रस्तुत गर्ने क्रममा "खाजा मिठो नेवारी खाना मिठो थकाली" लगायत अन्य गीतहरु प्रस्तुत गर्दा ओल्टेन डाडानै नेपालमय बनेको थियो। त्यस्तै गरी सिन्धु मल्लले आफ्ना चर्चित गीतहरु "लाठी चार्ज नगर" "झलझली आँखामा" जस्ता चर्चित गीतहरु गाउँदै सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन्।

लोक दोहोरी घन्कीने क्रममा स्वीस नेपालीहरु बीचमा दोहोरी गीतको अनुभूत गर्न पाएकोमा आयोजक प्रती सबै खुशि थिए। लोक गायक बद्रि पंगेनी, गायिकाद्वय सिन्धु मल्ल र सकुन्तला थापाको दोहोरी गीतले सम्पूर्ण पाहुनाहरुलाई नचाउन सफल भएका थिए। आफ्नो देशका चर्चित लोक दोहोरी कलाकारहरुलाई सहयोग तथा हौसला स्वरुप सहभागीहरुले स्वइच्छा बाट आर्थिक संकलन गरी आराउ समाजले उपस्थित पाहुनाहरु माझ कलाकारहरुलाई ९ सय ३० स्वीस फ्रान्क, १ सय ७५ युरो १० डलर सहित एक सम्पूर्ण रकम धर्म गुरुङ तथा संजय मुडभरी बाट संयूक्त रुपमा हस्तान्तरण गरिएको थियो।

अन्त्यमा आराउ समाजले कार्यक्रम सफल पार्नुहुने तथा सम्पर्क ब्यक्तिहरु धर्म गुरुङ लुर्जेन, रामकुमार महतो जुरिच, तेन्जिङ् लामा (शिव) बेर्न, फुला शेर्पा बासेल, तथा म्यूजिक सिस्टममा सहयोग गर्ने जिएनन जेनेभा, दिपक शर्मा खतिवडा त्यस्तै ग्रिलमा सहयोग गर्नुहुने इश्वर बर्तौला र विपिन जोशी हुनुहुन्थ्यो भने खाना तथा अन्य सहयोग गर्नेहरुमा शशी शंकर यादव, विजय भट्ट, सरोज घिमिरे लगायत आराउ बासी नेपाली तथा सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर