.
Feature समाचार,
राजाले दलहरुलाई तर्साए झै अहिले माओवादीले तर्साउन खोज्यो : एमाले I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 10 June 2012

काठमाण्डौ । नेकपा एमालेले एकीकृत नेकपा माओवादीको पैसा, सत्ता र बन्दुकको बलमा दलहरुलाई तर्साउन खोजेको आरोप लगाएको छ । एमाले पार्टी कार्यालय मदननगर बल्खुमा आइतवार बसेको एमाले केन्द्रीय कमिटीको वैठकले माओवादीले पहिले राजाले दलहरुलाई तर्साए झै अहिले माओवादीले तर्साउन खोजेको आरोप लगाएको हो ।
वैठकपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै एमाले वरिष्ठ नेता माधव कुमार नेपालले भन्नुभयो,’ राजाले तर्साएको जस्तै गरी अहिले माओवादीले अन्य दलहरुलाई सत्ता, पैसा र बन्दुकको बलमा तर्साउन खोजेको छ । तर हामी कदापी डर र धम्कीवाट तर्सिनेवाला छैनौ ।’ नेता नेपालले माओवादी सहमतिको वाटोवाट भन्दापनि काँग्रेस– एमाले लगायतका दलहरुलाई पेलेरै जाने मानसिकता स्वरुप सत्ता कब्जाको रणनीतिमा लागेको भएपनि आफूहरुले त्यस्तो प्रयास सफल हुन नदिने वताउनुभयो।एमालेले सत्ता कब्जाको रणनीति अनुसार नै सरकारले संविधानसभा विघटन गरेको वताएको छ ।
वैठकले दलहरुवीच भएको सहमतिलाई लत्याएर विभिन्न बखेडा झिकेर सत्ता कब्जाको रणनीतिक चाल अनुसार नै संविधानसभा विघटन भएको निष्कर्ष समेत निकालेको छ । उसले एकीकृत माओवादीले सत्ता कब्जा र मुठभेडको राजनीतिलाई प्रेरित गरेको आरोप लगाएको छ ।
वर्तमान संकटको निकासका लागि पार्टीले प्रस्ताव तयार गर्ने र त्यसबारे भोली बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने नेता नेपालले वताउनुभयो । वैठकमा असार ४ र ५ गते काठमाडौंमा हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी र राज्य पुनःसंरचनाबारे पार्टीमा उत्पन्न विवादबारे छलफल भएको थियो ।
बैठकले पार्टीका अञ्चल र जिल्लामा पनि कार्यकर्ता भेला तथा सरकारको विरोधमा रहेका अन्य दलहरूले पालैपालो सभाहरू गर्न पनि जोड दिएको छ । वैठकमा एकल जातीय राज्यको पक्षमा उभिएका पार्टी उपाध्यक्ष अशोक राई भने उपस्थित हुनुभएको थिएन ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




