.

,

कोरियामा कलाकारलाई सम्मान I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
मीन प्रकाश उप्रेती (सोल) दक्षिण कोरिया - चर्चित हास्यकलाकार तोक्मे बुढा(वोल्सन बिक्रम राई)लाइ कोरिया वासी नेपालीहरूले अभिन्दन गरेका छन् ।सोमबार झापामिलन समाज कोरियाले सोउलको ओम रेष्टुरेण्टमा आयोजना गरिएको एक कार्यक्रममा उनलाई यसरि अभिन्दन गरिएको हो। नेपालकोरिया ब्यपार सङ्घले आयोजना गरेको सांकृतिक कार्यक्रमका लागि कोरिया आई पुगेका राईलाई एन आर एन कोरियाका अध्क्षय तथा झापा मिलन समाज कोरियाका सल्लाहकार के पि सिटौला , झापा मिलन समाज कोरियाका अध्क्षय मीन प्रकाश उप्रेती, नेपाली दुतावासकोरियाका सहचारि तुलशि कोइराला लगाएत दर्जन बढी सङ्घ सस्थाहरुले दोसल्ला ओढार्इ अभिन्दन गरेका थिए ।
मैले प्रवाशमा पाएको पहिलो अभिन्नदन हो भन्दै कालाकार राईले भने ‘मलाइ आज अर्को थप प्रेण मिलेको छ,म मेरा पाइलाहरूलाइ अझ सशक्त बनाउदै तपाइहरूलाइ नयाँ कलाहरु पस्कदै जाने छु”।“प्रवाशमा पाएको तपाइहरूको अपार माया मेरोलागि मार्ग दर्शक हुने छ ”अभिन्नदन पछि बोल्दै चर्चित हास्यकलाकार वोल्सन बिक्रम राईले आफू जाहाँ र जस्तो सुकै अवस्थामा रहेपनि आफ्नो जन्म स्थान झापालाई कहिल्यै पनि भुल्न नसक्ने बताए । 'आफू राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रकै कलाकार किन नहुन कलाकारिताको पाठ पढेको स्थान झापा आफ्नो आत्मामा रहेको छ' राईको भनाई थियो । आफू जाहाँ भए पनि देश र जन्म स्थानलाई नभुल्न राईले अनुरोध गरे । [Image] यसैगरि अभिन्दन कार्यक्रमका वक्ताहरूले आफूहरू जांहा भएपनि नेपाली कलालार्इ भुल्न नसक्ने बताउदै चर्चित हांस्यकलाकार वोल्सन बिक्रम राई लाई कोरियामा अभिन्दन गर्न पाउदा गौरव लागेको बताए ।

उता कार्यक्रमको उद्धेश्यबारे प्रस्ट पार्दै समाजका अध्यक्ष मीन प्रकाश उप्रेतीले भने कलाकार राष्ट्रिय गहना भएका कारण जाहाँ अनि जुन सुकै ठाउँमा भए पनि सजाएर राख्नु पर्ने बताए । अन्य देशको तुलनामा नेपालका कलाकारलाई राष्ट्रिय सम्मान कमी भएको चर्चा गर्दै कलाकारिता हाँस्ने र रमाउने मात्र नभई ज्ञानको श्रोत समेत भएको उप्रेतीको भनाई थियो । यसै गरी अतिथिको आसनबाट बोल्दै एन आर एन कोरियाका अध्क्षय तथा झापा मिलन समाज कोरियाका सल्लाहकार के पि सिटौलाले झापामिलन समाज दक्षिण कोरियाले गरेको कालाकार अभिन्नदन कार्यक्रमलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमलाई प्रवाशमा रहेका अन्य सङ्घ संस्थाहरुले शिक्षाको रूपमा लिनु पर्ने बताए ।देशका जुन सुकै कुनाका कलाकार किन नहुन यी हाम्रा सम्पतिहुन सिटौलाको भनाई थियो । उता अतिथिकै आशनबाट बोल्दै नेपाली दूतावास कोरियाका प्रतिनिधि सहचारि तुलशि कोइरालाले अभिनयको माध्याम बाट जनमानशमा सन्तुष्ति दिनु समान्य कुरा नभएको बताउदै आफू यस्ताकुराको सधैँ सम्मान गर्न बताए ।

झापामिलन समाज दक्षिण कोरियाका अध्यक्ष मीन प्रकाश उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समाजका सदस्य राजु सन्तोषि थापाले गरेका थिए भने स्वागत मन्तव्य समाजका सदस्य यामेश केदेम लिम्बुले गरेका थिए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर