.
समाचार,
आज जेठ १९ दरबार हत्याकाण्डको ११ बर्ष पूरा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 1 June 2012
काठमाडौ, जेठ १९,
आज जेठ १९ गते अर्थात राजदरबार हत्याकाण्ड भएको ११ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते आजकै दिन भएको हत्याकाण्डमा तात्कालीन राजा वीरेन्द्र, रानी एश्वर्या, युवराज दीपेन्द्रसहित राजपरिवारका १० सदस्यको ज्यान गएको थियो ।
चर्चित हत्याकाण्ड भएको दिन शुक्रबार थियो । संयोगले यसबर्षको जेठ १९ पनि शुक्रबार नै परेको छ । हत्याकाण्डलगत्तै तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले घटनामा तात्कालीन युवराज दीपेन्द्रको हात रहेको उल्लेख थियो । प्रतिवेदनको निष्कर्षमा नेपाली जनता अझै विश्वस्त हुन सकिरहेका छ्रैनन् ।
दरबार हत्याकाण्ड भएको ११ बर्ष बितिसक्दा पनि बास्तविक्ता अझै बाहिर आउन सकेको छैन । हत्याकाण्डपछि एकाएक सक्रिय भएका पुर्व राजा ज्ञानेन्द्रको कार्यशैलीका कारण संवैधानिक राजतन्त्रलाई स्वीकार गर्दै आएका नेपाली काङ्ग्रेस र नेकपा एमाले लगायतका दलहरु पनि गणतन्त्रलाई स्वीकार गर्दै तत्कालीन नेकपा माओवादीसंग १२ बँुदे समझदारी गर्न पुगेका थिए ।

भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |