.

,

अन्तिम श्रद्धाञ्जलीका लागि बमको पार्थिव शरीर सर्वोच्चमा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


१९ जेठ, काठमाण्डौं । गोली हानी हत्या गरिएका सर्वोच्च अदालतका न्यायाधिस रणबहादुर बमको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि सर्वोच्च अदालतको प्राङ्गणमा राखिएको छ । उहाँको शवलाई विहान ११ बजे सम्म सर्वोच्च अदालतका परिसरमा राखिने छ ।
न्यायाधीश बमलाई श्राद्वाञ्जलि दिनको लागि सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, कानून व्यवसायी, बिभिन्न सङ्घ, सङ्गठनका पदाधिकारी तथा शुभचिन्तहरुको भीड लागेको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले स्वर्गीय बमप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आर्यघाटमा दाहसंस्कार गरिने निर्णय गरेको थियो ।

स्वर्गीय न्यायाधीश बमको आजै दाह संस्कार गरिने बताइएको छ । राजधानीको शङ्खमुल नजिक अज्ञात ब्यक्तिले हानेको गोली लागेर घाइते हुनु भएका बमको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
यसैबीच सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गरी हत्या गरेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न गठित छानबिन समितिले काम सुरु गरेको जनाएको छ । समितिले घटनाकेा बारेमा अनुसन्धानलाई तीब्रता दिएको बताए पनि अहिलेसम्म कुनै उपलब्धी हासिल गर्न सकेको छैन । प्रहरी प्रधान कार्यालयले बिहीबार नै महानगरी प्रहरी आयुक्त कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर