.

,

एड्स रोग निरोधात्मक कार्यक्रम म्याग्दीका १५ गाविसमा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
३ असार,म्याग्दी, । म्याग्दी जिल्लामा एचआईभी एड्स रोग निरोधात्मक कार्यक्रम सुरु भएको छ । एड्स रोग न्युनीकरणका लागि कम्युनिटी सपोर्ट गुप्र पोखराले म्याग्दीका १५ गाविसमा सचेतनामुलक कार्यक्रम सुरु गरेको हो । संस्थाले बेनीमा आयोजना गरेको कार्यक्रममा पहिलो चरणमा यस वर्षदेखि अर्थुङ्गे, रत्नेचौर, सिङ्गा, अर्मन, ताकम, देविस्थान, रुम, दरवाङ, बरङ्जा लगायत १५ गाविसमा कार्यक्रम सुरु गरिएको जनाएको छ ।

असुरक्षित यौन सम्पर्क, लागु औषधको प्रयोग र रगतको माध्यमबाट एकबाट अर्को व्यक्तिमा सर्ने एड्स रोग रोकथामका लागि छनौट गरिएका गाविसमा स्वयंसेवकहरु मार्फत परामर्श दिईने संस्थाकी जिल्ला प्रतिनिधी बिष्णु रोकाले बताईन् । बैदेशिक रोजगारमा गएकाहरुबाट एड्स भित्रने गरेकोले त्यसलाई न्युनीकरणका लागि बैदेशिक रोजगारमा जानेहरुलाई परामर्श, परिवार नियोजनका अस्थाई साधन कण्डम प्रयोगलाई प्रर्वद्धन र रगत जाँच गर्न प्रेरित गरिने उनले बताईन् ।

कार्यक्रमको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवाली, स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्मा, जिल्ला स्वास्थ्य प्रमुख डाक्टर झलक शर्मा गौतम लगायतले जिल्लामा एचआईभी एड्स संक्रमितहरु रहेपनि उनिहरु नखुल्दा एकिन तथ्याङ्क प्राप्त हुन नसकेको बताए । संक्रमितको पहिचान गर्ने र रोग लाग्नबाट अरुलाई बचाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनीहरुको भनाई थियो ।

ग्लोबल फण्डको सहयोगमा यस वर्ष ३ महिना र त्यसपछि ३ वर्ष कार्यक्रम सञ्चालन गरिने कम्युनिटी सपोर्ट गु्रप पोखराका कार्यक्रम अधिकृत दिलीप गुरुङले जानकारी दिए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर