.

,

अन्तत : माओवादी फुट्ने नै भो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
अन्तत : माओवादी फुट्ने लगभग निश्चित भएको छ। माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले पहिचान हराएको पार्टीमा बस्नुभन्दा नयाँ पहिचानसहितको पार्टी निर्माण अहिलेको अनिवार्य आवश्यकता भएको बताएका छन्। उनले पार्टीहरु देश र जनताका निम्ति हुनुपर्नेमा आफ्नै नेताहरुले पार्टीलाई देश र जनताका विरुद्ध प्रयोग गरेकाले त्यो पार्टीमा रहिरहनुको कुनै औचित्य नहुने बताए।

'हाम्रो पार्टी नेतृत्व देश र जनताका विरुद्ध गयो, हामी नयाँ पार्टी निर्माण गरेर आम जनतालाई एकताबद्ध गरेर जान्छौं- वैद्य पक्षको राष्ट्रिय भेलामा उनले भने। उनले माओवादीका नेताहरु असफल भइसकेकाले अब यो भेलाले नयाँ नेतृत्व खोज्ने दाबी पनि गरे।
प्रचण्ड-भट्टराईले पहिचानसहितको सङ्घीयताविरुद्ध सम्झौता गरिसकेका पनि उनले आरोप लगाए। ८ प्रदेश र नाम सीमाङ्कनबिनाको ११ प्रदेशमा सहमति गर्नेले अहिले सङ्घीयताका मसिया बनेको देख्दा आफूलाई अचम्म लागेको उनको कथन थियो। अहिलेका शीर्ष नेताहरुले यो मुलुकलाई हाँक्न नसक्ने ठोकुवा गर्दै वैद्यले भने- यिनीहरु सत्तालिप्सामा डुबे, कङ्ग्रेस एमाले सत्ता छोड् भन्ने, हाम्रा नेताचाहिँ सत्ता नछोड्ने भन्ने, यो सत्ता लिप्सा नभएर के हो त?



पहिले शान्ति प्रक्रियाका नाममा जनसेनालाई सिध्याउने काम माओवादीकै शीर्ष नेताहरुबाट भएको पनि उनले बताए। 'त्यसपछि जनसेना पनि हरायो, संविधान पनि हरायो'- वैद्यको प्रष्टोक्ति थियो। यसैबीच माओवादी उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा सुरु भएको राष्ट्रिय भेलामा नेताहरुको उपस्थित बढ्दो छ। राजधानीको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा वैद्य पक्षीय नेताहरुको बाक्लो उपस्थित रहेको छ।
भेलामा देशव्यापीरुपमा ३ हजार २ सय प्रतिनिधि उपस्थित हुने बताइएको छ। माओवादीसँग पार्टी एकता गरेको नेकपा एकता केन्द्र मसाल (उपाध्यक्ष नारायणकाजी)का शशि शेरचन(सोनाम साथी) समूह पनि भेलामा सहभागी भएको छ। सोनाम माओवादीका पोलिटव्युरो सदस्य हुन्।

माओवादी कार्यकर्ता, पूर्व लडाकुहरुको बौद्ध क्षेत्रमा बाक्लो उपस्थिति छ। हिजो एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले पार्टी एकिकरणका लागि आह्वान गरे पनि वैद्यपक्षले त्यसलाई लत्याउँदै राष्ट्रिय भेला सुरु गरेको हो। भेलालाई माओवादी पार्टी विभाजनको प्रारम्भका रुपमा लिइएको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर