.
entertainment feature समाचार,
नाङगो शरीरमा गहनाले छोपेर गीत गाइन् जेनिफर लोपेजले I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012

हलिउडका गायिकाको नाच्ने शैली पनि अचम्मकै हुन्छन्। केही समयअघि क्विन अफ पप म्याडोनाले इजरायलमा बन्दुक उचाल्दै र इस्तानबुलमा छाती देखाउँदै नाचेको चर्चा सेलाउन नपाउँदै अर्की गायिका जेनिफर लोपेजले पनि नग्न शरीरलाई गहनायुक्त पहिरनले छोपेर गीत गाएकी छन्।
५२ वर्षीया ल्याटिन गायिकाले पानामा सिटीमा आयोजित डान्स अगेन टुरमा हीरासहित अन्य गहनाजडित पहिरन लगाएर गीत गाउँदै नाचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अन द फ्लोर स्टारले समूहसँग गीतमा नाच्दा दर्शक निकै उत्तेजित बनेको समाचारमा जनाइएको छ। गायिकाले दर्शकलाई आफूतिर आकर्षित गर्न झन्डै लुगासमेत खोलेकी थिइन्।
‘यहाँ र विश्वमा रहेका सबै प्रेमीलाई शुभरात्रि’ कार्यक्रम सकेपछि उनले ट्विटरमा ट्विट गरेकी थिइन्। दुई सन्तानकी आमाले गत महिना आफ्नो ल्याटिनो सहयोगी इन्रिक इन्ग्लेसिआससँग सांगीतिक भ्रमण गर्ने घोषणा गरेकी थिइन्। भ्रमणका क्रममा चारवर्षे जम्ल्याहा सन्तान म्याक्स र एमीलाई पनि सँगै लगेकी छन्।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




