.
प्रवास,
रेजिना र बंजनको प्रस्तुती बेल्जियमबासी नेपालीलाई नौलो स्वाद I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012

२९ जेठ: नेपाली सिनेमा जगत कि चर्चित नायिका रेजिना उप्रेती र नेपालका ख्याती प्राप्त गायक तथा संगितकार प्रदिप बंजनको प्रस्तुतीलाई बेल्जियमबासी नेपालीहरुले मन पराएका छन ।
"शान्ती र सद्भावका लागि संगित" भन्ने मुल नारा सहित शनिवार लुवेनको ओन्स हाउसमा संपन्न उक्त कार्यक्रममा बंजनले राष्ट्र प्रेमी गीतहरु " तिम्रो मनमा के के दुख्यो मेरो मनमा सुस्ता दुख्यो, शान्ती भनौ शान्ती हैन युद्द पनि हैन, यो मेरो टोपि नेपाली वीर जस्तै" साथै बिभिन्न नेपाली लोक भाकाका गीतहरु गाएर सबैको मन जित्न सफल भएका थिए भने नायिका रेजिना उप्रेतिले " उध्रेको चोली छ है, सिम्पल सिम्पल कान्छीको, बनमा फुल्यो फुल जस्ता गीतहरुमा आफ्नो सुन्दर न्रित्य प्रस्तुत गरेकी थिइन ।
तामाङ समाज बेल्जियमको आयोजनामा संपन्न उक्त कार्यक्रममा बोल्दै प्रदिप बंजनले हामी नेपाली हाम्रो देश नेपाल, हामी विश्वका जुन सुकै कुनामा रहे पनि आफ्नो देश नेपाल लाई कहिले भुल्न नसकिने जनाउनु भयो । प्रवासमा रहेर आफ्नो पहिचान र नेपालको हक र हितका लागि बेल्जियमबासी नेपालीहरु एकजुट भएर लागेको देख्दा आफु निकै खुशी भएको बताउदै २ महिना लामो युरोप भ्रमणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै तमाङ समाज बेल्जियमले गरेको सहयोग र सौहार्दतालाई भुल्न नसकिने बताउनु भयो ।
नेपालमा बढ्दै गरेको विदेशी हस्तक्षेपका विरुद्द एकजुट भएर विश्वभरका नेपाली लाग्नु पर्ने आवाजहरु संगित सँग छर्दै राष्ट्र प्रेम र मुलुकका व्यथा र कथा हरु सुनाइ रहदा कार्यक्रममा उपस्थित नेपालीहरु भाव विभोर भएर एक चित्तका साथ गित सुनिरहेका थिए ।
कार्यक्रममा रेजिना उप्रेती र प्रदिप बंजनलाई तमाङ समाज बेल्जियमले खादा ओडाइ माया को चिनो प्रदान गर्दै सम्मान गरेको थियो ।
तमाङ समाज बेल्जियमका अध्यक्ष भरत तमाङको सभापतित्वमा संपन्न उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपाली दुतावास बेल्जियमका महामहिम राजदुत राममणि पोखेरेल एवम विशेस अतिथि एनआरएन बेल्जियम अध्यक्ष श्रीमती जानकी गुरुङले प्रवासमा नेपाली कला सस्कृतिको जगेर्नामा लाग्न संपूर्ण बेल्जियम लगायत विश्वभरका नेपालीहरुलाई आग्रह गर्दै नेपालबाट पाल्नु भएका कलाकारहरुलाई स्वागत एवम धन्यवाद व्यक्त गर्नु भएको थियो ।
साथै कार्यक्रममा नेपाली दुतावास फ्रान्सका कन्सुलर मिनिस्टर कुमार श्रेष्ठ, अन्तरराष्ट्रिय कलाकार युरोप महाशाखा अध्यक्ष निता श्रेष्ठ, युरो नेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष पदम गुरुङ, ब्रुसेल नेपालडटकमका संपादक पुरुशोत्तम सुबेदी, तमु समाज बेल्जियमका अध्यक्ष श्रीप्रसाद तमु, पासा पुच बेल्जियमकी अध्यक्ष रजनि प्रधान, शेर्पा समाज बेल्जियम अध्यक्ष सोनाम लामा, एनपिपिफ बेल्जियमका उपाध्यक्ष जित लामा, एनडिफ बेल्जियम महासचिव गोपाल सिम्खडा, जनसंपर्क समिती बेल्जियम अध्यक्ष गंगाधर गौतम, ईन्द्र धनुस् क्लब बेल्जियम अध्यक्ष अनन्त गुरुङ, नेपालब्रसेल मिलन केन्द्रका अध्यक्ष उत्तम गौतम लगायत बेल्जियमका अन्य बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत पत्रकार एवम बेल्जियमबासी नेपाली हरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
दुई चरणमा विभाजन गरिएको उक्त कार्यक्रमको पहिलो चरणको कार्यक्रम संचालन सस्थाका महासचिब चन्द्र व्लोनले गर्नुभएको थियो भने दोस्रो चरणको सास्कृतिक कार्यक्रम संचालन चिज कुमार तमाङले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सबै लाई स्वागत गर्दै कलाकार द्वय बंजन र उप्रेतिको संम्मानमा कार्यक्रम आयोजना गरिएको बताउदै सस्थाका उपाध्यक्ष राम लाल तमाङ ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम निकै नै भव्य रुपमा संपन्न भएको जनाउदै तमाङ समाज बेल्जियमले उक्त कार्यक्रममा प्रत्यक्ष,अप्रत्यक्ष, आर्थिक भौतिक संपूर्ण क्षेत्रबाट सहयोग पुर्याउने संपूर्ण लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिन हरुमा पनि सबै बाट संपूर्ण खाले सहयोग, सुझाव र सल्ल्लाहको अपेक्षा राखेको बताएको छ ।
कार्यक्रममा युरो नेपालकलाकार संघ बेल्जियमले वाध्यवादन एवम आर्थिक सहयोग गरेको थियो । साथै कलाकारहरुको संमान र कदर गर्दै बेल्जियम स्थित नेपाली व्यवसायी तथा समाज सेवी शहदेव गौतम, पुरुशोत्तम सुवेदी, बेल्जियमको स्थानिय निर्वाचनमा लुवेन क्षेत्रबाट वडा सदस्यका उमेद्वार खड्क केसी, जानकी गुरुङ, सिता सापकोटा, सोताङ तमाङ, मिङ्मे तमाङ, सोनाम लामा, जय लामा, अर्जुन कुमार श्रेष्ठ, अनन्त गुरुङ, यशोदा थापा, रजनि प्रधान, बाबुराजा लामा, प्रकाश कार्की, सिक्लेस पार्चे कल्याणकोसका बिजय गुरुङ ( क्यामेरा म्यान) , लगायत अन्य थुप्रै व्यक्ती हरुले सक्दो आर्थिक सहयोग गरेका थिए ।
स्थानिय कलाकार पनि कम छैनन
कार्यक्रममा बंजनको राष्ट्र प्रेमी गीतले उपस्थित दर्शकहरुलाई एक पटक पुन नेपाल सम्झायो, देश प्रेमले भावुक बनायो भने नायिका रेजिना उप्रेतिको मनमोहक न्रित्यले उपस्थित सबै लाई सब थोक बिर्साएको थियो । निकै रमाइलो बातावरणमा संपन्न उक्त कार्यक्रममा बेल्जियमबासी स्थानिय कलाकारहरुको प्रस्तुती पनि बंजनका गित र रेजिनाको ठुम्का भन्दा कम थिएनन ।
युरोनेपाल कलाकार संघका सस्थापक अध्यक्ष मिन गुरुङले आफ्नै शव्द र संगितमा गाएको राष्ट्र प्रेमी गीत अनी युवा गायक गोकर्ण न्यौपाने र नवराज थापा का पप गीत साथै एन.जे. शेर्पा हिपअप र्याप गितहरु, स्काइ ब्याण्डका दुर्गा काजी शाक्य साथै अनिता थापा मगर र बंजनका गीतहरुले माहोल थप संगित मय बनाएको थियो भने न्रित्य निर्देशक भुवन आच्छामी, युरो नेपाल कलाकार संघ बेल्जियमको खुल्ला डान्स प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएकी नैना तमाङका साथै आर्यन तमाङका न्रित्यहरुले कार्यक्रमलाई थप मनोरन्जन र आकर्शित बनाएको थियो ।
त्यसै गरी गरी युरो नेपालकलाकार संघले आयोजना गरेको ENAA खुल्ला लोक दोहोरी प्रतियोगितामा प्रथम भएका कुल राना मगर र चिजकुमार श्रेष्ठ का साथ बेस्ट दोहोरी गायिका लालमती गुरुङ र सुमित्रा घिमिरे सापकोटा को दोहोरीमा घम्सा घम्सी, जे होस स्थानिय कलाकारहरु उत्साह पूर्ण साथ र सहयोगको पनि कुनै कमी थिएन कार्यक्रममा । कार्यक्रमको अन्यमा डिजे कार्यक्रम राखिएको थियो जहाँ नेपाली हिन्दी बिभिन्न गीत संगितमा उपस्थित नेपालीहरु मज्जैले नाचे । प्राय जसो बिहान ५ बजे सम्म चल्ने डिजे कार्यक्रम करिव २ बजे नै स्थगित गरिए पछी उपस्थित नेपालीहरुले धित मर्ने गरी नाच्न नपाएको भनी गुनासो गरेका थिए ।
News and photo
Brusselnepal
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




