.
समाचार,
माओवादीको मागले उद्योगी आतङ्कित I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012
सरकारको नेत्रित्व गरिरहेको मुलुकको ठूलो दल नेकपा एकीकृत माओवादीको मागका कारण हेटौंडाका औद्योगिक प्रतिष्ठानका संचालकहरु आतंकित भएका छन् । बर्हिगमित तथा क्यान्टोनमेन्टबाट फर्केका लडाकु पाल्नका लागि एमाओवादी निकट भ्रातृ संगठनहरुले औद्योगिक प्रतिष्ठानमा राखेको मागका बारेमा आईताबार उद्योग संघ हेटौंडाका सदस्यहरुले छलफल गरेका छन् । छलफलमा एमाओवादीको माग पूरा गर्न नसक्ने निर्ण्र्ााभएको छ ।
उद्योग संघका पदाधिकारीहरुका अनुसार एमाओवादीका ६ सय १० जना लडाकु रहेको र केही र्घाईतेको माशिक उपचार खर्च भराउन, लडाकुहरुलाई रोजगारीको ब्यबस्था गर्न र औद्योगिक प्रतिष्ठानमा सेयर लगानी गर्न माग गरिएको थियो ।
देश र जनताका लागि लडेका लडाकुको रेखदेख गर्नका लागि आर्थिक र रोजगारका माग गर्दै औद्योगिक प्रष्ठिानमा पर्ूब सभासद् प्रेमबहादुर पुलामी, शेर बहादुर पहरीलगायत एमाओवादीका भ्रातृ संगठनका पदाधिकारीहरुले उद्योग संघसँग पत्राचार गरेको संघका एक जना पदाधिकारीले बताए । बिहीबार उद्योगीसमक्ष मागपत्र प्राप्त भएपछि आईतबार उद्योग संघका सदस्यहरु भेला भएका थिए ।
मुलुकमा संक्रमणकाल लम्बिदै गएका कारण औद्योगिक प्रतिष्ठान संचालनर्ग र्न समस्या परिरहेको अवस्थामा थप ब्ययभार उठाउन नसक्ने निर्णय भएको भेलाका एक सहभागी उद्योगीले जानकारी दिए । आंशिक रुपमा उद्योग संचालन भएको अवस्थामा कामदार कर्मचारीलाई तलब खुवाउने, बैंकको ब्याज तथा किस्ता तिर्ने, औद्योगिक क्षेत्रको पानी, बिद्युत महशुल, जग्गा बहाल तिर्ने र राज्यले तोकेको कर तिर्न समस्या भएको अवस्थामा थप ब्ययभारले औद्योगिक प्रतिष्ठान बन्द हुने उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरेले बताए ।
एनेकपा माओवादीका जिल्लार् इन्चार्ज सोनामसिंह स्याङ्तान बिजयले रोजगारीका लागि औद्योगिक प्रतिष्ठानमा प्रस्ताब गरिएको बताए । क्यान्टोनमेन्टबाट फर्केका लडाकुहरुलाई ब्यबस्थापन गर्नका लागि सहयोग गर्न माग गरिएको जानकारी दिए । हाम्रा साथीहरुले कसैलाई पनि जबर्जस्ती गरेका छैनन्, सहयोगको अपेक्षा सहित माग गरेका हौं बिजयले भने ।
औद्योगिक प्रतिष्ठानमा जस्तै माग होटल एसोसियसनमा पनि गरिएको श्रोतले बताएको छ । होटल एसोसियसनका महासचिब शंकर श्रेष्ठका अनुसार एसोसियसनमा एमाओवादीले मागपत्र पेश गरेको भएपनि यो बिषयमा हालसम्म कुनै छलफल भएको छैन । रोजगारी र आर्थिक सहयोग माग गरिएको आशयको पत्र प्राप्त भएको छ महासचिब श्रेष्ठले भने ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




